बोगोटा, ११ चैत । कोलम्बियाको राजधानी बोगोटामा अवस्थित एक कारागार तोड्न खोज्दा भएको झडपमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।
यस झडपमा परी अन्य ८३ जना घाइते भएका र ती मध्ये ३२ जनालाई अस्पताल भर्ना गरिएको कानून मन्त्री मार्गा्रिता क्याबोलोले आइतबार बताएका छन् । ‘आज देशका लागि अत्यन्त कष्टकर दिन भएको र गत राति ला मोडलो कारागारबाट ठूलो अपराधिक समूह भाग्न खोज्दा २३ को मृत्यु भएको छ । ’ क्याबोलोले बताएका छन् । जेलका सात गार्डसहित जेल संस्थानका अधिकारी पनि घाइते भएका छन् । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको क्याबोलाले बताएका छन् ।
शनिबार राती पनि कोलम्बियाका अन्य धेरै जेलहरूमा दङ्गा फैलिएको र कोरोना भाइरसको सङ्क्रमणको कारण जेलबाट छुट्नु पर्ने कैदीहरुको माग रहेको मन्त्रीले बताउनु भएको छ । त्यहाँबाट कोही पनि भाग्न नसकेका एउटा आपराधिक योजना असफल भएको मन्त्रीले जानकारी दिनु भएको छ । जेलमा कोरोना भाइरस सम्बन्धि कुनै समस्या नभएको र हालसम्म सङ्क्रमणको कुनै व्यक्ति नभेटिएका पनि मन्त्रीले बताउनु भएको छ । कैदी प्रशासक वा गार्ड कोही पनि भाइरस सङ्क्रमणको कारण छुट्टिएर नबसेको उनले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
‘घर जलेर खरानी भो’
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८