पोखरा, १० चैत । विश्व महामारी कोरोना भाइरसको संक्रमण काठमाडौंमा पनि भेटिएको छ । टेकु अस्पतालमा एक जना नेपालीमा भाइरस संक्रमणको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका हुन्।
ती व्यक्ति फ्रान्सबाट आएको १९ वर्षीया युवती रहेको स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमा बताए। उनी विद्यार्थी रहेको मन्त्री ढकालको भनाइ छ । ‘हिजो बेलुका आएको रिपोर्टमा फ्रान्सबाट आएका एक जनामा कोरोना पोजिटिभ देखियो’, मन्त्री ढकालले भने ।ती संक्रमित विद्यार्थीको परिवारलाई पनि आइसोलेसनमा राख्ने तयारी गरिएको उनले जानकारी दिए। मन्त्री ढकालले भने, ‘उनीसँगै आएका साथीहरुको बारेमा पनि जानकारी लिने काम जारी छ।’
ती विद्यार्थी यही चैत ४ गते कतारको दोहा हुँदै काठमाडौं आएका थिए। कोरोनाको संक्रमण नपाइएपछि उनी होम क्वारेन्टिनमा बसेकामा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। हाल टेकुको अस्पतालमा दश शय्याको आइसियु निर्माण जारी रहेको र सामान खरिद प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार परीक्षणको दायरा बढाउँदै ६० वर्ष माथिकाको पनि परीक्षण गरिनेछ। फ्रान्स कोरोना भाइरसबाट सबैभन्दा प्रभावित राष्ट्रमध्ये एक हो। त्यहाँ १६ हजार १८ जना कोरोनाबाट संक्रमित छन्। ६ सय ७४ को मृत्यु भइसकेको छ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
hero news full width
मुख्य समाचार
पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८