बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारी बाट सुरक्षित गर्ने उदेश्यले बागलुङ उद्योग बाणिज्य संघले बागलुङ जिल्लाका अतिआवश्यक बाहेक सबै पसल तथा ब्यबसाय चैत२१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले बिश्वब्यापी रूपमा फैलिएको महामारी कोरोना भाइरसको संक्रमण बाट जोगीन नयाँ नयाँ निर्णय गरे संगै बागलुङ उद्योग बाणिज्य संघले सदरमुकाममा रहेका सबै बस्तुगत संघ संग बैठक गरेर चैत १० देखि २१ गतेसम्म अतिआवश्यक बाहेक सबै ब्यबसाय बन्द गर्ने निर्णय गरेको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।
अहिले महामारीको बेलामा सबै संयम हुन जरुरी छ बागलुङ बजारमा भएका ब्यबसायहरूले आफु संग भएको दैनिक सामाग्री नलुकाइकन सर्बसुलभ मुल्यमा बिक्री गर्न बैठकले निर्णय गरेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।कोरोनाको कारणले चैत २१ गतेसम्म बागलुङ बजार बन्द गराउने निर्णय गरेकोअध्यक्ष राजभण्डारीले बताए ।
बागलुङका सबै बस्तुगत संघहरूले अहिले संकटको बेला सबैले आआफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको बागलुङ उद्योग बाणिज्य संघका महासचिव नरेश कडेलले बताए ।आफु पनि सुरक्षित भएर ब्यबसाय गर्न आम उपभोक्ताको हितमा काम गर्न महासचिव कडेलले अनुरोध गरेका छन् ।
बागलुङ बजारमा कोरोना भाइरसको संक्रमण फैलने हल्ला चलेपछि काम ब्यबसाय र अध्ययनका लागि बाहिर रहेका सबै बागलुङे एकाएक घर घरमा फर्किएपछि जिल्लामा संत्रास छाएको छ ।
सरकारले चैत १० गतेदेखि २१ गतेसम्म लामो दुरीको सबै यातायात बन्द गराउनु साथै ब्यबसाय समेत बन्द गराउन अनुरोध गरेको भन्दै बागलुङ उद्योग बाणिज्य संघले आम जनताको स्वास्थ्यमा ध्यान दिएर यस्तो निर्णय गरेको जनाएको छ । संघले बन्द अबधिभरको घर भाडा कर लगायत पनि छुट गर्न सबै सरोकारवाला संग अनुरोध गरेको छ । बागलुङ सदरमुकाममा रहेको दैनिक उपभोग्य बस्तु बिक्रीवितरण गर्ने ब्यबसायी संग भएको सामानको स्टक लिने काम समेत संघले गरेको छ ।
बागलुङ उद्योग बाणिज्य संघ राष्ट्रिय उपभोक्ता मन्च जिल्ला प्रशासनले बजार अनुगमन गरेर बजार क्रितिम अभाव हुन नदिने जनाएका छन् ।
बागलुङ उद्योग बाणिज्य संघले बन्द आव्हान गरेपछि जिल्ला प्रहरी कार्यालयले पनि पसल बन्द गराउदै हिडेपछि अहिले बजार बन्द भएको छ ।
Related News
सम्बन्धित समाचार
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
hero news full width
मुख्य समाचार
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७