दाङका गिरीले लिए सांसदको सपथ

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७६
gari

बुटवल ९ चैत्र । नेपाली कांग्रेसको तर्फबाट रिक्त रहेको प्रदेश सभा सदस्यमा दाङका शंकर गिरीले पद तथा गोपनीयताको सपथ लिएका छन् । यस अघि नेपाली कांग्रेसका सांसद तथा दलका नेता वलदेव शर्मा पोख्रोलको मृत्यु भएपछि उक्त पद रिक्त रहेको थियो । नेपाली कांग्रेसको सिफारिसमा निर्वाचन आयोगले दिएको प्रमाण पत्रका आधारमा गिरीको औपचारिक रुपमा पद तथा गोपनीयताको सपथ भएको छ । प्रदेश न ५ को प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले एक समारोहकाबीच गिरीलाई सपथ गराएका हुन् ।

दाङ जिल्लावाट प्रतिनिधित्व गर्नेगरी नेपाली कांग्रेसले पेश गरेको समानुपातिक सूची अन्तरगत खस आर्यको २ नम्मरमा थिए । त्यस कारण उनी स्तह प्रदेश सभा सदस्यमा निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । सपथ लिएसंगै संचारकर्मीसंग कुरा गर्दै गिरीले पार्टीले ठिलै भएपनि न्याय गरेको महशुस भएको प्रतिक्रिया दिए । उनले पार्टीको नीति निर्देशन र आफ्नो पूर्णविवेक प्रयोग गरी प्रदेश सभामार्फत जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा प्रदेश सरकारका मन्त्रीहरु सांसदहरु एवं दलका नेताहरुले बधाई ज्ञापन गरेका थिए । ०२६ सालदेखि पार्टीको राजनीतिमा सक्रिय रहेका गिरी नेपाली कांग्रेस दाङ जिल्लाको विभिन्न पदमा रहेर काम गरेकाछन् । हाल पार्टीको महासमिति सदस्य रहेका गिरी जिल्लामा पार्टीको वहुद्धिक नेताका रुपमा परिचित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width