महालक्ष्मीद्वारा केदारेश्वरमा यज्ञ मण्डप निर्माण

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७६
malaxmi bank

पोखरा, ९ चैत । महालक्ष्मी विकास बैंक लिमिटेड लेकसाइड शाखाले आइतबार एक कार्यक्रमका बीच नवनिर्मित केदारेश्वर यज्ञ मण्डप केदारेश्वर महादेवमणि सेवा आश्रमलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्वर ६ का अध्यक्ष जगतबहादुर पहारीले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नै वडामा रहेको केदारेश्वर महादेवमणि सेवा आश्रममा सहयोग गरेकोमा खुशी व्यक्त गरे । उनले महालक्ष्मी विकास बैंकले गरेको कामको खुलेर प्रंसशा गरे । कार्यक्रममा महालक्ष्मी विकास बैंक लिमिटेड लेकसाइड शाखाका प्रमुख नवराज भण्डारीले महालक्ष्मी बैकंले पोखरामा ६ वटा शाखा स्थापना गरी सेवा प्रदान गरिरहेको बताए । साथै उनले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यज्ञ मण्डप निर्माण गरेको बताए ।

बैंकले यो बाहेक विभिन्न स्थानमा डस्बिन वितरण, यात्रुलाई सहज बनाउनको लागि प्रतीक्षालय निर्माण लगायतका विविध कार्य गरेको बताए । त्यस्तै कार्यक्रममा महालक्ष्मी विकास बैंक लिमिटेड न्यूरोड शाखा प्रमुख गणेश प्रसाद आर्चायले केदारेश्वर महादेवमणि सेवा आश्रममा सहयोग गर्न पाउनु अवसरको कुरा रहेको बताउँदै बैक नाफामुलक भन्दा पनि सेवा मुलकरुपमा कार्यक्रमहरु अगाडि बढाउँदै आएको बताए ।

बैकले करिव १ लाख ९० हजार बराबरको सहयोग गरेको हो । केदारेश्वर महादेवमणि सेवा आश्रमका पिठाधीश डाक्टर लेखनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा समिति सहसचिव मिना भट्राई, मितेरी नारी समुहका अध्यक्ष तारा आचार्य, लगायतले मन्तव्य राखेका थिए । स्वागत उपाध्यक्ष दयानन्द पोख्ररेल र संचालन सचिव खेम पहारीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width