पोखरा, ९ चैत । कोरोनाको सन्त्राष फैलिरहेको अवस्थामा साझा पार्टीले पोखराका विभिन्न अस्पतालको तयारीको विषयमा जानकारी लिएको छ । उसले कोरोना भाइरसका विरामी आएको खण्डमा पोखराका अस्पतालहरु उपचार गर्नका लागि तयार नभएको निश्कर्ष निकालेको छ ।
साझा पार्टीले यो अवस्थालाई निकै नाजुक बताएको छ । खासगरी कोरोनाका लागि हरेक अस्पतालमा आइसोलेसन वार्ड बनाएको स्थानीय तथा प्रदेश सरकारले दावी गरिरहेको अवस्थामा साझा पार्टीले भने स्थिति सोँचेजस्तो नरहेको बताएको हो । आइतबार साझा पार्टीको केन्द्रीय सदस्यसहित गण्डकी प्रदेश र जिल्ला संयोजकसहितको टोलीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मनिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल लगाएतमा पुगेर सोधखोज गरेको थियो । अधिकांश अस्पतालमा भनेजस्तो तयारी नदेखिएको टोलीको निश्कर्ष छ ।
साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारीको नेतृत्वमा टोली अस्पतालहरुमा पुगेको थियो । टोलीमा अर्का केन्द्रीय सदस्य रजनी केसी र कास्की जिल्ला संयोजक अर्जुन खनाल रहेका थिए । ‘हामी हरेक अस्पतालमा गयौँ । त्यहाँ कुनै पुर्वतयारी देखिएन । बरु संक्रमित आएको खण्डमा भाग्नुको विकल्प छैन् । हामीसँग न मास्क छ, न कुनै उपकरण छन् भनेर उल्टै चिकित्सकहरु त्रसित भएको पायौँ ।’ साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारीले भनिन् ।
त्यसो त स्वास्थ्य निर्देशनालयका निर्देशकले भने यो प्रदेशमा सम्पूर्ण रुपमा तयारी भएको दावी गरेको उनले बताइन् । यद्यपी छेऊकै अस्पतालमा भने चिकित्सकहरुले संक्रमित आएको खण्डमा आफ्नै सुरक्षा गर्ने आवश्यक सामाग्री पनि सरकारले उपलब्ध नगराएको गुनासो गरेको टोलीले भेट्यो । टोलीकै अर्का सदस्य साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन खनालले त अझै संक्रमित आशंका गरिएका विरामीलाई खुलमखुल्ला अन्य विरामीहरुसँगै राखेर उपचार गरिएको आफूले देखेको दावी गरे । ‘अस्पतालमा उपचार गर्न जाने की संक्रमण फैलाउन जाने ? यो त झन् खतरा पो भयो ।’ खनालले भने–‘यो विषयमा सरकार र सम्बन्धित निकायहरुले बेवास्ता गरेको देखियो ।’
साझा पार्टीको टोलीले सरकारसँगै सम्बन्धित निकायलाई यस विषयमा अझ बढि सचेत हुन सुझाव समेत दिएको छ । सरकारले आवश्क तयारी गरिरहँदा चाहिने स्वयंसेवी सहयोगी हातहरु अगाडि बढाउन साझा पार्टी सँधै तयार रहेको टोलीले बताएको छ । साथै साझा पार्टीले सम्पूर्ण प्रदेशहरुमा जस्तै गण्डकी प्रदेशमा पनि मास्क तथा सेनिटाइजर वितरणलाई तीव्र पारेको छ । साथै सम्पूर्ण मिडियाहरुमार्फत कोरोना विरुद्धको जनचेतनामुलक सन्देश प्रवाहलाई चुनावको बेला भन्दा अझै बढी सक्रियतापूर्वक गरिरहेको साझा पार्टीले दावी गरेको छ । साथै पार्टीले सर्वसाधारणलाई संयमित अनि सतर्क रहन आग्रह समेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
‘घर जलेर खरानी भो’
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८