भोलिदेखि गण्डकी प्रदेशका सीमा नाका बन्द हुने

प्रकाश ढकाल
चैत्र ९, २०७६
1024px-Nepal_Province_4.svg

गण्डकी प्रदेश सरकारले भोलिदेखि सीमानाका पूर्ण रुपमा बन्द गर्ने भएको छ । प्रदेश भित्रिने नाकाहरु स्याङजाको रामदी, नवलपुरको त्रिवेणी, दाउन्ने, गैडाकोट, तनहूँको मुगलीन, गोरखाको आरुघाट र बेनीघाट, मुस्ताङको कोरला लगायत नाकाबाट प्रबेश रोक्ने तयारी रहेकाे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

‘भारतीयहरु आएको आई छन् । संक्रमण फैलियो भने त्यसबाट जोगाउने संरचना केही छैन । जनशक्ति छैन । चाइना जस्तो नेपाल सक्षम होईन नि,’ उनले भने, ‘बेलैमा सचेत हुनुपर्छ, त्यसैका लागि यो निर्णय गरिएको हो ।’ उनका अनुसार अव १५ दिन पूर्ण रुपमा आवतजावत रोकिने छ । उनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेका छन् ।

‘काम भएमा मात्रै बाहिर निस्किनुहोला । नत्र भेटघाट, बैठक वा अन्य कुनै कामका लागि नजानुस्,’ उनले भने, ‘यो बेला संयमित हुनुपर्छ ।’ उनले भोलि प्रदेशबासीका नाममा सम्बोधन गर्ने बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width