मस्याङ्दी नदीमा बस दुर्घटना, ३ जनाको मृत्यु १२ घाइते

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७६
Accident

तनहुँ, ९ चैत । जिल्लाको आँबुखैरेनी गाँउपालिका स्थित ऐेना पहरा भन्ने स्थानमा साँझ ६.०० बजे मिनी बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा बस दुर्घटना भएको हो । पोखराबाट नेपालगञ्जतर्फ जादै गरेको ना ५ख ४२९४ नम्बरको बस आइतबार साँझ सडकबाट करिब एक सय मिटर तल मर्स्याड्दी नदीमा खस्दा उनीहरुको मृत्यु भएको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।

उनका अनुसार तीन जनाको शव भेटिएको छ । मृतकको सनाखत भने भएको छैन । उद्धार कार्य जारी छ । १२ जना घाइतेको उद्धार भएको उनले बताए । बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन नभएको र घटनाको थप विवरण आउन बाँकी छ ।दुर्घटनामा परेको बस नदीमा नै रहेको छ । कतिपय घाइते बसले च्यापिएको र केही ढुंगाले च्यापिएकाले घाइते संख्या यकिन हुन सकेको छैन् । मस्याङ्दी नदीको अप्ठेरो स्थानमा खसेका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width