बनेपा, ९ चैत । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइकल एकापसमा आइतबार बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उनको पाँच वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् । एकै परिवारका पति,पत्नी र छोरा सवार रहेका मध्ये घाइते सुनिता श्रेष्ठको सोही अस्तालमा उपचार भइरहेको र मृतक दुवैको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने मिनीट्रकका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय
आज र भोलि देशभर भिटामिन ए खुवाइँदै
भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
hero news full width
मुख्य समाचार
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
पोखराका स्कुलमा वैशाखभित्रै परीक्षा सक्नुपर्ने
वैशाख ५, २०७८महामारी फैलियो, सावधानी छैन
वैशाख ५, २०७८एकै दिन १०९६ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
वैशाख ५, २०७८गण्डकी प्रदेश खेलकुद परिषदले पायो पूर्णता, उपाध्यक्षमा नारायण पुन
वैशाख ५, २०७८विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्
वैशाख ५, २०७८