नोबेल कोरोनाविरुद्ध सचेतना

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७६

पोखरा ।पोखरा वडा ३ को आयोजना र कास्की मोडेल हस्पिटल प्रालिको प्राविधिक सहयोग तथा लायन्स क्लब पोखरा नसेरा मिडसन, कास्कीको सहयोगमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भयो ।

वडा अध्यक्ष रवीन्द्र प्रजुले साबुनपानीले हात धोएर कार्यक्रम उद्घाटन गर्दै कोराना भाइरसबाट बच्न दैनिक जीवनमा सरसफाइ, खानपान जस्ता कुरामा ध्यान पु¥याउनुपर्ने बताए । यस कठिन परिस्थितिमा जनचेतनामूलक कार्यक्रमबाट सबै जनमानसमा सन्देश प्रवाह गर्नुपर्ने उनको जोड छ ।अस्पतालका निर्देशक शान्ति उदासले जनचेतनामूलक कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, टोल समूहबाट सहभागीलाई कोरोना भाइरस रोगबाट नआत्तिन र यसबाट कुनै हतोत्साही नहुन आग्रह गरिन् । उनले नियमित साबुनपानीले हात धुन र सेटिटाइजर आफैले उत्पादन गरी प्रयोग गर्ने तरिका र विधिबारे प्रयोगात्मकरुपमा देखाएकी थिइन् ।

अस्पताल को–अर्डिनेटर नीलम महर्जनले कार्यक्रम संयोजक तथा वडा सदस्य सवी परियारले कोरोना भाइरसबाट बच्न के–कस्ता कुरामा ध्यान पु¥याउन पर्छ र यसका लक्षण कस्तो हुन्छ भन्नेबारे धारणा राखे ।कार्यक्रममा सेनिटाइजर बनाउने विधि र त्यसको प्रयोगबारे प्रयोगात्मक ज्ञान दिइएको थियो । कार्यक्रम संचालन वडा सचिव श्रीकान्त तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा वडा सदस्य रविन कायस्थ र सहयोगी संस्था लायन्स क्लब पोखरा नसेरा मिडसन सचिव उषा श्रेष्ठले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width