सुवेदार अधिकारीको निधन

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७६
shomnath adhakarai

लेखनाथ । कास्कीको रुपा गाउँपालिका घर भइ हाल पोखरा–३२, सातमुहाने निवासी सुवेदार सोमनाथ अधिकारी ७९ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।दम र मधुमेह रोगबाट पीडित भइ लामो समयदेखि उपचार गराइराखेका सुवेदार अधिकारीको आफ्नै निवास सातमुहानेमा निधन भएको काँग्रेस नेता राजेन्द्रमणि लामिछानेले जानकारी दिए ।

सामाजिक क्षेत्रमा क्रियाशील स्व. अधिकारीका श्रीमती, एक छोरा,चार छोरी तथा नातिनातिना छन् । स्वर्गीय अधिकारीको शनिवार गगनगौंडास्थित सेती नदीमा हिन्दू धर्म संस्कृति अनुसार अन्त्यष्टि गरिएको छ । उनका छोरा शिवराज काँग्रेस पोखरा महानगरपालिका सचिव हुनुका साथै हाडवयर्स व्यवसायी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width