लेखनाथ सेभेन लेक सिटीमा ढुंगाना

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७६
leknath city

लेखनाथ । लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटीको वर्ष २०२०/२१ अध्यक्षमा सूर्यप्रकाश ढुंगाना निर्वाचित भएका छन् । कार्यसमिति प्रथम उपाध्यक्षमा घनश्यम ढुंगाना, द्वितीय उपाध्यक्ष मनोज लामिछाने, तृतीय उपाध्यक्ष आनन्द बजगाई, सचिव गोविन्द लामिछाने र कोषाध्यक्ष दुर्गामान श्रेष्ठ रहेका छन् ।

सह–सचिवमा दीपक अधिकारी, सहकोषाध्यक्षमा विनोद परियार,सिआईएफ को–अर्डिनेटरमा सिजन गहतराज,सर्भिस चियरपर्सनमा पूजन राजभाट, क्लब मार्केटिङ चियरपर्सनमा तोयनाथ अधिकारी र क्लब निर्देशकमा पूर्व अध्यक्ष मधुसुधन कोइराला, शिवप्रसाद भण्डारी, गणेशप्रसाद ढुंगाना र बद्रीनाथ भण्डारी छन् ।

कार्यक्रममा लायन्स क्लब ३२५ वी १ नेपालका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले लायन्स क्लबले सामाज सुधारका लागि उदाहरणीय काम गरेर देखाउनु पर्ने सुझाव दिए ।क्लब अध्यक्ष हरि बस्ताकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा रिजन चियरपर्सन सूर्यनारायण बराल,जोन चियरपर्सन शान्तादेवी थापा भण्डारी र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बरालले आमजनमानसमा सामाजिक भावना सृजना हुनेखालका काम गरेर देखाउनु पर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…

hero news full width