उपप्रमुख मञ्जुदेवी गुरुङले गरिन चैत महिनामा भाडा नलिने घोषणा

आदर्श समाज संवाददाता
चैत्र ८, २०७६
90055790_3339550999407318_6286215873610907648_n

पोखरा ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको घर भाडा नलिने घोषणा गरेकी छिन् । उनले पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित जरेबरमा रहेको आफनो जग्गाको चैत महिनाको भाडा नलिने घोषण गरेकी हुन् ।

पोखराका व्यवसायीको व्यवसाय धरासायी बन्दै गएको भन्दै घर भाडामा छुट दिन माग गरिरहेको समयमा उपप्रमुख गुरुङले भाडा नलिने घोषणा गरेकी हुन् ।

पछिल्लो समय विश्व कोराना भाइरसबाट त्रासित भएको अवस्थामा व्यवसायीहरुलाई राहत स्वरुप भाडा नलिने निर्णय गरेको गुरुङले बताइन् । उनले उक्त जग्गाबाट मासिक ६५ हजार भाडा लिदै आएकी थिइन् ।

गुरुङले चैत महिनाको भाडा मिनहा गरिएको जानकारी गराउँदै आफुले गरेको उक्त कार्यले पोखराका घरबेटीहरुलाई सकरात्मक प्रभाव पार्ने सक्ने उल्लेख समेत गरेकी छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width