ताओको कोरोना सचेतना

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७६
20200321_104920

पोखरा, ८ चैत । ताओ एशोसियसन नेपालले पोखरामा शनिवार कोरोना भाइरसबारे सचेतना कार्यक्रमको आयोजना ग¥यो ।

त्यस अवसरमा शुद्ध खाना र सरसफाइमा ध्यान दिन जोड दिइएको थियो । त्यसैगरी दुई हप्ताका लागि ताओका कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा सम्वोधन गर्दै प्रमुख ताओ गुरु छेएन रनले मानिसले आफ्नो धर्म छोडी प्राणी हिंसा गरेकै कारण अनेक रोगहरु निस्किएको बताए । साथै उनले काम क्रोध, लोभ, निको नहुने ठूलो रोग भएको उल्लेख गर्दै निको हुने रोग कोरोनाबाट धेरै नतर्सन र सकरात्मक सोच राखेर कामगर्न आग्रह गरे ।

प्राध्यापक पवित्रमणि पौडेलले ताओ धर्मको सोझोबाटो भएको बताए । ताओ गुरु सुवर्णले ओम ताओबाट सम्वोधन गर्दै हाम्रो सनातन धर्म र ताकोमा भिन्नता नरहेको बताए । कार्यक्रमको संचालन ताओगुरु आनन्द दाहाल गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width