नेपाली मास्क भारतीय बजारमा

रासस
चैत्र ८, २०७६
CHINA-HEALTH-VIRUS

लम्की, ८ चैत । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् । टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा रु १५ मा बिक्री गर्न थालेपछि भारतीय नागरिकसमेत मास्क खरिद गर्न नेपाल आउन थालेको उद्योगका सञ्चालक प्रकाश तिमिल्सिनाले बताए ।

“दैनिक १० जनासम्म भारतीय नागरिक मास्क खरिद गर्न यहाँ आउन थालेका छन्”, उनले भने “एक जनाले ५० वटासम्म लिएर जाने गरेका छन् ।” उनले दैनिक तीन हजार मास्क उत्पादन गरिरहेको जानकारी दिए । “पश्चिम नेपालका अधिकांश जिल्लाबाट मास्कको अर्डर आउन थालेको छ”, तिमिल्सिनाले भने “हामीले अन्य काम रोकेर मास्क मात्र उत्पादन थालेका छौँ तर पनि माग पूरा गर्न सकिएको छैन ।” मास्क उत्पादनमा ४० जना महिला कामदारलाई लगाइएको उनले बताए ।

उद्योगमा कार्यरत महिलाले दैनिक २०० सम्म मास्क उत्पादन गरिरहेको बताएका छन् । उद्योगमा कार्यरत महिलाले रोजगारीसँगै आर्थिकरुपमा महिलालाई सशक्त बनाउन सघाएको बताएका छन् । उद्योगमा मुख्य प्रशिक्षकबाहेकका सबै कामदार महिला छन् । कैलालीमा सर्जिकल मास्क अभाव छ । भएका व्यापारीले पनि ४० रुपैयाँ प्रतिपिस बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ । “ मास्कका लागि लम्की बजारका धेरै मेडिकल धाए, तर पाउन सकेन”, लम्कीका राधेश्याम पाण्डेले भने । “पछि कपडा पसलमा मास्क पाए । मास्क लगाउँदा धुलो धुवाँबाट बच्न भए पनि सहयोग पुग्छ ।”

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width