१२२ जना प्रहरीद्वारा बन्जीजम्प

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७६

पर्वत । विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्मामा संचालित बन्जीजम्पको सफल परिक्षण गरिएसंगै बन्जी गर्नेहरुको भीड लाग्न थालेको छ । शनिबार १२२ जना प्रहरीले एकै पटक बन्जी गरेका छन् ।

नेपाल पुलिसका असई पोष्टमा रहेका १ सय २२ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेका हुन् । सबै असई पोष्टका रहेका छन् भने उनीहरु देशभरिबाट छनोटमा परी आएका हुन । युवा ब्यवसायी कार्कीको अगुवाईमा कुश्माका स्थानीय युवाहरु सहित करिव २० करोड लगानीमा बन्जी सहित साहसिक पर्यटन शुरु भएको हो ।

यो बन्जी विश्वकै दोस्रो अग्लो बन्जीको रुपमा दावी समेत गरिएको छ । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टिलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट झण्डै साढे २ सय मिटर तल बगेको कालीगण्डकीको बीचमा बन्जी गर्न मिल्नेछ । उक्त बन्जीमा कार्की र पर्वतका युवा व्यवसायीहरु समेतगरी ११ जनाको लगानी रहेको छ । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरी व्यवसायीले लगानी गरेका हुन् ।

बन्जीको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष एवं मुख्य लगानीकर्ता राजु कार्कीले यही माघ १६ गते विहीबार कालीगण्डकी माथिको साढे दुई सय मिटर माथिबाट डोरीमा हाम फाली परिक्षण गरेसगै बन्जी गर्नेहरु नियमित सम्पर्कमा आइरहेको बताए । बन्जीमा कार्कीसहित कुश्माका युवराज जोशी, नेत्र पराजुली, नवराज पौडेल, राजन जोशी लगायतको लगानी छ । लगानीकर्ताहरुले करिव १५ करोडको अनुमान गरेर बन्जी निर्माण शुरु गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width