जिल्ला समन्वय समितिद्वारा लोक सेवा कक्षा

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७६
loksewa

पोखरा ।सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा जिल्ला समन्वय समिति कास्कीले निजामती सेवामा प्रवेश गर्न चाहने महिला परीक्षार्थीका लागि प्रतियोगितात्मक परीक्षा तयारी कक्षा संचालन गरेको छ ।

सो तयारी कक्षामा प्रदेशका मनाङ बाहेक १० जिल्लाका ६४ जना प्रशिक्षार्थी सहभागी छन् । सो कक्षा १५ दिन सम्म चल्नेछ ।तयारी कक्षा संचालनले महिलामा निजामती कर्मचारीमा बढी सहभागी गराउन सहज हुने विश्वास जिल्ला समन्वय समिति कास्कीले लिएको छ । संविधानले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेपनि निजामती कर्मचारीतर्फ हाल २५ प्रतिशतमात्र सहभागिता रहँदै आएको छ ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले परीक्षामा प्रतिष्पर्धाका लागि क्षमता अभिवृद्धि गर्न र कर्मचारीलाई जवाफदेही बनाउन यसले सहयोग पुग्ने बताइन् । राजनीतिक नेताको सपनालाई पूरा गर्न पनि कर्मचारीको साथ आवश्यक रहेको भन्दै उनले हरेक ठाउँमा महिला सहभागिता बिना देश विकास हुन नसक्ने बताइन् ।कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले न्यायपूर्ण समाजको संरचना बनाउन महिला सहभागिता बढाउनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width