सकियो नेओसीको पूर्ण बैठक

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७६
Nepal Olympic Committee Pressmeet

पोखरा, ४ चैत  | नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यकारिणी समितिको तेश्रो पूर्ण बैठक पहिलो पटक राजधानीबाहिर पोखरामा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले एनओसी संघीय संरचना अनुरुप अघि बढ्ने गरी महत्वपूर्ण निर्णयसहित पूर्व अध्यक्ष रुक्मशमशेर राणालाई समेत एउटै छाताभित्र गोलबन्द गरेको छ ।

बैठकको निर्णय मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य एवं एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले पोखरा बैठक निकै महत्वपूर्ण भएको दाबी गरे । उनका अनुसार एनओसीका पूर्व अध्यक्ष राणासहित, धु्रवबहादुर प्रधानलाई समेट्दै मानार्थ अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको छ । श्रेष्ठले पोखराबाट नयाँ उत्साह र आत्मविश्वासका साथ ओलम्पिक अगाडि बढ्ने बताए । उनले भने, यो निर्णयसँगै हामीमा उर्जा थपिएको छ ।

नेपालमा हालै सम्पन्न सागको सफलता नेपाली खेलकुदमा नयाँ उत्साह थपिएको बताउँदै अध्यक्ष श्रेष्ठले ओलम्पिक अभियानलाई देशव्यापी बनाउन समेत बैठकले निर्णय गरेको बताए । खेलाडीलाई उत्साह भर्ने र उन्नत बनाउने सँगै उनीहरुको आत्मबल बढाउन एनओसीले आफ्नो भूमिका बढाउँदै लैजाने उनले बताए । संघीय संरचनासहित नयाँ कार्ययोजना साथ ओलम्पिक अभियान अघि बढ्ने उनले स्पष्ट पारे ।

एनओसी महासचिव नीलेन्द्रराज श्रेष्ठले अबको ओलम्पिक अभियान नयाँ उचाईका साथ अघि बढ्ने बताए । उनले भने, लामो समयदेखिको ओलम्पिकको विवाद समाधान गर्न हामी सफल भएका छौं । नेपालमा सन् २०२० मा चिल्ड्रेन एसियान गेम्स गर्न नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँग छलफल अगाडि बढाइने पनि उनले बताए ।

बैठकले कमिसन गठन गर्दै ७ देखि ११ सदस्यीय रहने गरी संयोजक चयन गरेको छ । जसमा वुमन एण्ड स्पोर्टस् संयोजकमा ज्योति राणा, कल्चरमा रामजी श्रेष्ठ, मार्केटिङमा गोपाल कक्षपति संयोजक चयन भए ।

यस्तै, स्पोर्टस् अफ अलमा विष्णुगोपाल श्रेष्ठ, मेडिकलमा डा. सरोजकृष्ण श्रेष्ठ, स्पोर्टस् साइकोलोजीमा इन्द्र गुरुङ, पिस थ्रु स्पोर्टस्मा रमेश महर्जन, स्पोर्टस् एण्ड इन्भारोन्मेन्टमा गोवद्र्धन श्रेष्ठ, इन्फरमेसन एण्ड स्टाटिक्समा मोहन नेपाल संयोजक छन् ।

प्रदेशसँग संयोजन गर्न कमिटीतर्फबाट प्रदेश १ मा पिताम्बर तिम्सिना, प्रदेश २ मा अशोकरत्न बज्राचार्य, बागमतीमा सुनिलबहादुर श्रेष्ठ, गण्डकीमा तेजबहादुर गुरुङ, प्रदेश ५ मा तुलसी थापा, कर्णालीमा दीपकहर्ष बज्राचार्य र सुदुरपश्चिममा रतन तण्डन संयोजक चुनिए ।

विभिन्न कार्यक्षेत्र संयोजनका लागि नेश्नल गेम्स एण्ड च्याम्पियन्स्तर्फ पिताम्बर तिम्सिना संयोजक, इन्टरनेशनल गेम्समा नीलेन्द्रराज श्रेष्ठ, एनओसी प्रोग्राममा अशोकरत्न बज्राचार्य, एनआरएन संघ संयोजकमा तेजबहादुर गुरुङ, नेश्नल एशोसिएसनमा चतुरानन्दराज वैद्य संयोजक बनेका छन् ।

एनओसि रिक्त उपाध्यक्षमा चतुरानन्दराज वैद्यलाई नियुक्ति गर्ने निर्णय गरिएको छ भने सल्लाहकारमा पुरुषोत्तम पौडेल र शरदसिंह भण्डारी मनोनीत भए । यस्तै वरिष्ठ अधिवक्ता लोकभक्त राणा कानुनी सल्लाहकार छानिए ।

यस्तै, बैठकले एनओसीको वार्षिक साधारणसभामा वितरण हुने गरी विभिन्न माध्यममा कार्यरत पत्रकारलाई २५ हजार दरले पुरस्कृत गर्ने भएको छ । जसमा छापा, फोटो, अनलाइन, टेलिभिजन संस्था, तीन उत्कृष्ट राष्ट्रिय संघ, उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट खेलाडी पुरुष छन् ।

हरेक नेपाली वर्षमा ओलम्पिक फेस्टिभल आयोजना गर्ने तथा कोरोना भाइरसबाट नेपाल सुरक्षित भन्ने सन्देश संसारभर प्रवाह गर्ने निर्णय गरेको छ । बैठकमा कमिटीका १९ जना पदाधिकारीको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width