शाओमीको सर्भिस सेन्टर पोखरामा

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७६
Mobile

पोखरा, ४ चैत्र । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर पोखरामा घोषणा गरेको छ । पोखराको महेन्द्रपुलमा अवस्थीत कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर र नेपालभरमा कम्पनीको पाँचौं सर्भिस सेन्टर भएको जनाइएको छ । जुन शाओमीले आठ महिनाको अवधिमा संचालनमा ल्याएको छ । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नारायणघाट, नेपालगन्ज र इटहरीमा अवस्थीत भएको उल्लेख छ ।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको दाबी गरेको छ । नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको र प्रत्येक सर्भिस सेन्टर ४०० वर्ग फिटमा फैलिएको जनाइएको छ । जहाँ टेक्निशियन र प्रोफेशनलहरुको समर्पित टोलीले प्रयोगकर्ताहरुलाई छिटो समस्या समाधान गर्न सहयोग पुर्याउने उल्लेख छ ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, “शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।

उनी थप्छन्– यी नवीनतम प्रयासहरुले हामीलाई नेपाली ग्राहक र एमआई फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र हामीलाई देशभर बढ्न मद्दत पुर्याउनेछ । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको कम्पनीको दाबी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width