सिक्लेसमा कुकिङ तालिम

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७६
Cooking

पोखरा, ४ चैत । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय सिक्लेसको आयोजनामा ३ दिने कुकिङ तालिम सोमबार सम्पन्न भएको छ । सिक्लेस पार्चेको होटेल तथा होमस्टे संचालकहरुको निम्ति सिक्लेसमा आयोजित उक्त तालिमलाई सीटीइभीटीका प्रमेश गुरुङले सहजीकरण गरेका थिए भने कूल ३३ जनाको सहभागिता रहेको थियो ।

पर्यटन विकासमा टेवा पुरयाउन यस्ता खालका तालिम आयोजना गरिएको एक्याप सिक्लेसका कार्यालय प्रमुख उत्सव न्यौपानेले जानकारी दिए । तालिमको समापन कार्यक्रम मादी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सुरज कुमार गुरुङको प्रमुख आतिथ्यता र संरक्षण क्षेत्र ब्यवस्थापन समितिका सचिव गेहेन्द्र गुरुङको अध्यक्षतामा भएको थियो । सहभागीहरुलाई सो अवसरमा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width