ठूलाकोटमा पर्यटकीय सम्भावना

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७६
thulakot-hike

लेखनाथ । पोखरा २८ स्थित धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको क्षेत्र ठूलाकोटको विकासको लागि अन्तक्र्रिया गरिएको छ । ठूलाकोटको विकासको लागि गठित पर्यटन प्रवद्र्वन समितिले लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारीसँग गरेको अन्तक्र्रियामा वक्ताले ठूलाकोटको विकासका लागि गुरुयोजना नै बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा ठूलाकोट धार्मिक पर्यटन विकास समितिका अध्यक्ष ऋषिराम त्रिपाठीले ठूलाकोट क्षेत्रमा धार्मिक रुपमा प्रसिद्ध शक्तिशाली कालभैरव देवीको मन्दिर रहेको, ऐतिहासिक रुपमा १५ औं शताब्दीमा कुलमण्डल शाहका माईला छोरा चैते शाहले राज्य गरेको ठाउँ भएको र प्राकृतिक, सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण ठाउँ भएको उल्लेख गर्दै पर्यापर्यटन, धार्मिक पर्यटन र साहित्यिक पर्यटनका लागि प्रचूर सम्भावना रहेको बताए ।

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष बलराम ढकालले ठूलाकोट क्षेत्रमा प्रशस्त सम्भावना रहेको र यसलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्ने बताए । उनले ठूलाकोटको विकासका लागि निजी क्षेत्रको तर्फबाट जस्तोसुकै सहयोग गर्न संघ तयार रहेको बताए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष चतुराखर अधिकारी, बाबुराम गिरी, द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, प्राध्यापक सुरेन्द्रबाबु तिवारी, पर्यटन व्यवसायी दामोदरभक्त थापा, अर्जुन भण्डारी, कृष्णप्रसाद तिमिल्सिना, वेगनासताल धार्मिक तथा पर्यटन विकास समिति सदस्य कृष्णप्रसाद ढुंगाना लगायतले सम्भावनामा आधारित रहेर गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिए ।

ठूलाकोटको पर्यटकीय विकासका लागि गठित धार्मिक तथा पर्यटन विकास समितिले विभिन्न पक्षहरुसँग छलफल तथा अन्तक्र्रियालाई तीव्रता दिइरहेको छ । समितिकै पहलमा पोखरा महानगरले गुरुयोजनाको लागि अग्रसरता लिएको समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width