करेन्ट हट एण्ट स्पाइसी चाउचाउको सहप्रायोजन

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७६
binita

पोखरा ३०, फागुन । चौथो हिमाअस हस्पिटालिटी नेपाल कन्टेष्टमा यसोदा फुड प्रालिको उत्पादन ‘करेन्ट हट एण्ट स्पाइसी र लाली तयारी चाउचाउ’ ले सहप्रायोजन गरेका छन् ।
शुक्रबार एपी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र यसोदा फुड्सका कर्पेरिट म्यानेजर छबिलाल शर्माबीच सो सम्झौतामा हस्ताक्षर भएको हो ।
कन्टेस्टमा १४ प्रतियोगीले भाग लिएका छन् । प्रथम हुनेले थाइल्याण्ड भ्रमणको प्याकेज प्राप्त गर्नेछन् ।
दोस्रो र तेस्रो हुनेले विभिन्न क्षेत्रको प्रोमोसनल भिडियोमा काम गर्ने अवसरका साथै नगद पुरस्कार प्राप्त गर्ने प्रबन्ध निर्देशक पाण्डेले जानकारी दिए ।
प्रतिष्पर्धीहरु यतिखेर विभिन्न प्रकारका तालिममा व्यस्त छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width