मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

रासस
फागुन २७, २०७६
gettyimages-1000800138-2

काठमाडौँ, २७ फागुन । पश्चिमी वायुको प्रभावले मंगलवार देशभर आंशिक बदली रही पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले अपरान्हपछि पूर्वी तथा मध्य पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताए ।

उक्त प्रणाली पश्चिमी भू-भागबाट प्रवेश गरेकाले यसको प्रभाव पश्चिमी भेगमा बढी पर्ने बताइएको छ । “बुधबारदेखि पश्चिमी भू-भागमा पश्चिमी वायु बढी सक्रिय हुनेछ”, मौसमविद् बासीले भने । हाल देशका केही पश्चिमी भू-भागलगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली भई पश्चिमी तथा मध्य भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको औँल्याइएको छ । बिहीबार देशभर आंशिक बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम ताफक्रम ११ दशमलव नौ डिग्री र अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै मंगलवार सबै भन्दा धेरै धनगढी अधिकतम तापक्रम २८ दशकलव सात डिग्री सेल्सियस रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width