नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

एजेन्सी
फागुन २६, २०७६
f-9-e1580414383840

तान्जानिया, २६ फागुन । अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । ती नेपालीसँग सम्पर्कमा रहेका चार जना क्वारेन्टाइनमा छन् ।

फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नीहुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । ‘उनको स्वास्थ्य स्थितिमा सुधार आएको छ’ नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष पुनम पन्तले भनिन् ‘उनले हस्पिटलको सम्पूर्ण निर्देशन पालना गरेकाले आत्तिनुपर्ने अवस्था छैन ।’

सोसाइटीका अध्यक्ष ओमकुमार मगरले भाइरसका कारण लनसिस्टनका नेपाली समुदायमा आइपर्न सक्ने जस्तोसुकै स्थितिलाई सहजीकरण गर्न आफूहरु तयार रहेका बताए ।यस्तै क्यानबेरास्थित नेपाली दूतावासले पनि विभिन्न स्थानमा रहेका नेपाली समुदायमा संयमित एवं सतर्क हुन आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width