ठाडोभाकाका सर्जक धम्पुलाई सम्मानित

Avatar आदर्श समाज सम्वाददाता
फागुन २६, २०७६

लमजुङ । सुन्दरबजार सांस्कृतिक महोत्सवमा ठाडोभाका सर्जक बुद्धिमान दुरा ‘धम्पु’ लाई सम्मान गरिएको छ । उनलाई कार्यक्रमका प्रमुख अतिथि तमु ह्योला छोंजधिं गुरुङ राष्ट्रिय परिषद् वरिष्ठ केन्द्रीय उपाध्यक्ष कर्णबहादुर गुरुङ र महोत्सव आयोजक मूल समारोह समिति संयोजक भीमबहादुर गुरुङले सम्मान गरेका हुन् ।

ठाडोभाकाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको सुन्दरबजार संस्कृतिक महोत्सवको स्वागत सत्कार उपसमितिका संयोजक एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संस्थापक सचिव सुकमाया गुरुङले बताइन् ।धम्पु ठाडोभाका सहित लोकगीत र दोहोरीगीतका पाखरी हुनुका साथै ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको संरक्षक हुन् । पछिल्ला वर्षमा उनी लमजुङको पहिचान र गौरवका रुपमा रहेको तर लोपोन्मुख अवस्थामा पुगेको ठाडोभाकाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा विशेष योगदान गर्दै आएका छन् । उक्त गीतको वागिना अर्थात बाजा, गीत गायन र नाच तीनवटै विधामा उनी धम्पु पोख्न मानिन्छन् । अधिकांशमा यी तीनवटै कलाको सीप हुँदैन ।

उक्त अवसरमा धम्पुले ठाडोभाका गाउँनुका साथै नृत्य पनि प्रस्तुत गरेका थिए । ठाडोभाका लोककला प्रतिष्ठान नेपालको गत असारमा सम्पन्न दोस्रो अधिवेशनको समयमा प्रतिष्ठानमा रहेको अक्षयकोष एक लाख रुपैयाँमा सोही बराबरको रकम थप गरेर २ लाख अक्षयकोष बनाउन योगदा गर्ने व्यक्तित्व समेत धम्पु भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए । उनका अनुसार यतिबेला प्रतिष्ठानको अक्षयकोष रकम २ लाख ६० हजार रुपैयाँ पुगेको छ । ‘स्थानीय कला संस्कृतिको संरक्षण, उद्योग, व्यापार र आन्तरिक पर्यटनको प्रवद्र्धन’ नाराका साथ सञ्चालन गरिएको १० दिने महोत्सव फागुन २८ मा सकिनेछ ।