शनिबार देशैभरी वर्षा हुने, आइतबारदेखि घमाइलो

एजेन्सी
फागुन २४, २०७६
Rain

पोखरा, २४ फागुन । पोखरामा शुक्रवार रातिदेखि नै वर्षा शुरु भएको छ, शनिवार बिहान पनि मौसम त्यति खुलेका छैन्, वर्षाको सम्भावना पनि त्यति नै वढेको छ, देशका आधिकाशं भागको मौसम धुमिल छ ।

वर्षापछि जनजीवन प्रभावित बनेको छ । शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । पश्चिम वायुको प्रभावले देशका अधिकांश भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार देशको पश्चिम भेगबाट न्यून चापीय प्रणाली प्रवेश गरेकाले शनिबार दिनभरजसो नै हल्कादेखि मध्यम वर्षा हुनेछ,’ मौसमविद् प्रधानाङ्ले भने । हिमाली भेगमा शुक्रवार राति देखि नै हिमपात परिरहेको छ । केही स्थनमा चट्याङ्, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, शुक्रबार भित्रिएको मौसमी प्रणाली शनिबार रातिदेखि पूर्व हुँदै बाहिरिने छ । पानी पार्ने मौसमी प्रणाली बाहिरिएपछि घाम लाग्ने महाशाखाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width