मनिलाल गुरुङको सम्झनामा संग्रहालय

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७६
Museum

पोखरा ।कास्कीका माछापुच्छ्रे गाउँपालिका–९, ईमुका समाजसेवी तथा शिक्षाप्रेमी मणिलाल गुरुङको सम्झनामा संग्रहालय र प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ । स्व. गुरुङको नाममा बनेको मनिलाल प्रतिष्ठानको कार्यालय र मनिलाल संग्रहालयको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हालै उद्घाटन गरे । सोमबार इमुस्थित गुरुङकै जन्मघरमा एक कार्यक्रमबीच मुख्यमन्त्रीले प्रतिष्ठान र संग्रहालय उद्घाटन गरेका हुन् ।

उनले देश बनाउन चाहने नेताले देश चिन्नुपर्ने बताए । देश घुम्नुपर्छ, कहाँ खेती हुन्छ, कहाँ उद्योग हुन्छ थाहा पाउनुपर्छ भन्दै उनले कृषि र पर्यटनको विकासमा लागेमा सहयोगको प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकारले आगामी वर्षको बजेटमा गरीबीको रेखामुनि रहेका नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याउने समेत उनले बताए । ‘गण्डकीमा ८३ हजार घर गरीबीको रेखामुनि छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘उनीहरुलाई स्वास्थ्य बीमामार्फत १ लाख रुपैयाँसम्मको निःशुल्क उपचारको व्यवस्था मिलाउँछौं ।’

पञ्चायतकालमा घलेल फेंदी गाउँ पञ्चायतमा दुई पटक प्रधानपञ्च बनेका मनिलाल गुरुङले त्यस क्षेत्रमा सामाजिक, शैक्षिक जागरण र विकासका अभियान चलाएको भन्दै मुख्यमन्त्रीले प्रतिष्ठानले उनका सपना पूरा गर्ने विश्वास व्यक्त गरे ।प्रतिष्ठान अध्यक्ष रामहरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए । पूर्व प्रधानपञ्च मनिलाल गुरुङबारे प्रतिष्ठानका सल्लाहकार दीपक गुरुङले जानकारी राखेका थिए ।

प्रतिष्ठानले गुरुङको सपनालाई साकार पार्न राज्यलाई सहयोग पुग्ने गरी जनशक्ति उत्पादनमा सहयोग गर्ने र त्यसका लागि प्रतिष्ठानले कदम चाल्ने मनिलाल प्रतिष्ठानका सचिव पूर्णबहादुर गुरुङले बताए ।
ल्वाङघलेलवासीको लागि विकासको एउटा माध्यम भएकोले उनको सम्झनामा स्व. गुरुङका छोराहरुको आर्थिक सहयोगमा प्रतिष्ठान र संग्राहलय सञ्चालनमा ल्याइएको स्व. गुरुङका छोरा तेजबहादुर गुरुङले जानकारी दिए । स्व. गुरुङ साविकको ल्वाङघलेल गाविसको विकासको मेरुदण्ड रहेको उनको भनाइ छ । सिदिङ्ग, ल्वाङ,घलेल, सैतीघट्ट जस्ता गाउँमा विद्यालय खुलाउन उनको धेरै ठूलो योगदान रहेको स्थानीय टेकबहादुर श्रेष्ठले बताए । गाउँमा बाटो पु¥याउनदेखि झोलुङ्गे पुल बनाउनमा अतुलनीय योगदान रहेको श्रेष्ठले सुनाए ।

गाउँका विकासका संवाहक स्व. मनिलाल गुरुङको सम्झनामा २०७५ भदौमा स्थापना गरिएको प्रतिष्ठानले विभिन्न विद्यालयमा न्यानो कपडा र स्टेशनरीको सामान वितरण गरिसकेको प्रतिष्ठानको सचिव पूर्णबहादुर गुरुङले जानकारी दिए । आगामी दिनमा अझै यस्ता काम गर्दै जाने बताउदै उनले स्व. गुरुङकै घरमा संग्राहलय बनाएर पर्यटन प्रवद्र्धनमा सहयोग गर्न लागेको पनि बताए । संग्रहालयमा उनले प्रयोग गर्ने सामानहरुलाई राखिएको छ । मर्दी हिमाल ट्रेक र माछापुच्छ्रे ट्रेक जाने बाटो पनि त्यही भएकोले पर्यटक संग्रहालय अवलोकन गरेर जान सक्ने उनको भनाइ छ । संग्रहालय निर्माणाधीन भएकोले पछि विभिन्न जातजातिको भेषभूषा तथा रीतिरिवाज र संस्कति झल्कने सामग्री थप्दै लगिने योजना रहेको गुरुङले जानकारी दिए ।

विशेषगरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने र स्व. गुरुङको काम जीवन्त तुल्याउँदै निरन्तरता दिने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको हो । ल्वाङघलेल क्षेत्रमा गुरुङको योगदानको सम्झनामा गौरीशंकर मनिलाल मावि नामकरण गरिसकिएको प्रतिष्ठान सदस्य राम गुरुङले जानकारी दिए । उनको कामको सम्मानको लागि हेम्जा मिलनचोकदेखि माछापुच्छ्रे गाँउपालिका लुम्रेसम्मको सडकको नाम पनि मनिलाल मार्ग राखिने उनले सुनाए ।१९७७ साल मंसिर १७ मा माछापुच्छ्रे ९, ईमुमा जन्मेका गुरुङको २०६२ फागुन २७ मा निधन भएको थियो । साविकको ल्वाङघलेल पञ्चायतमा उनले लामो समय प्रधानपञ्च भएर काम गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width