नवलपरासीको दुर्घटनामा एक जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७६
Freak-accident-claims-life-of-1-tourist-injures-another

नवलपरासी, १६ फाल्गुन । पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ ।नवलपरासीको देवचुली नगरपालिका १३ कैलाश चोकमा नजिक गएराति ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गैडाकोट १५ निवासी २१ वर्षीय दिनेश गुरुङको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार लु ३ त ४८३३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ३१६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गैडाकोट १५ निवासी २१ वर्षीय दिनेश गुरुङको निधन भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते चालक दिनेश गुरुङ र मोटरसाइकलमा सवार गैडाकोट १५ बस्ने १९ वर्षीय प्रितम गुरुङ गम्भीर घाइते भएकोमा चालक गुरुङको उपचारको क्रममा विहीबार राति पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । अर्का घाइते प्रितम गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width