चिकित्सक संघको सम्मेलन पोखरामा शुरु

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७६

पोखरा ।नेपाल चिकित्सक संघको आठौं चिकित्सक राष्ट्रिय सम्मेलन पोखरामा शुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट झण्डै ५ सय जना चिकित्सकहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा चिकित्सा क्षेत्रमा भएका अनुसन्धान तथा अनुभव आदानप्रदान र प्राप्त उपलब्धि संस्थागत गर्ने र नयाँ खोज अनुसन्धानलाई प्राथमिकता दिइने आयोजक नेपाल चिकित्सक संघ गण्डकी अध्यक्ष डा निर्मल लामिछानेले बताए ।

यस्तै बिहीबार सम्पन्न उद्घाटन सत्रमा हालै सम्पन्न अधिवेशनबाट डा लोचन कार्कीको अध्यक्षतामा चयन नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्षले पदभार हस्तान्तरण गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य कार्य गरेका वरिष्ठ चिकित्सकहरुलाई सम्मान गरिएको डा सुनील पनेरुले जानकारी दिए ।सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक संघीयतामा गए पनि केन्द्रिय अधिकारमुक्त हुन नसकेको गुनासो गरे । उनले केन्द्रले सबै अधिकार आफैमा निहित गरेकाले समस्या भएको बताए ।

उनले भने, ‘समस्या सबै क्षेत्रमा छ, त्यस्तै समस्याबाट स्वास्थ्य क्षेत्र पनि अछूतो छैन ।’ सीमित स्रोतसाधन बाबजुद स्वास्थ्यकर्मी खटिरहेको अवस्थामा राज्यले पर्याप्त ध्यान पु¥याउन नसकेको बताउँदै चिकित्सकको सेवा सुविधा बढाउने विषयमा जोड दिए ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्वास्थ्य संस्थाका पूर्वाधार विकास तथा दक्ष जनशक्तिका विषयमा जोड दिए । उनले सबै नागरिकले समान रुपमा स्वास्थ्य सेवा पाउन पर्ने बताउँदै नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुन चिकित्सकलाई आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width