एलआईसीको मृत्युदाबी रकम प्रदान

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७६
lic

लेखनाथ  । एलआईसी नेपाल, पोखरा शाखाले पोखरा–१४ का धनबहादुर थापा क्षत्रीका परिवारलाई जीवन बीमाको मृत्युदाबी रकम प्रदान गरेको छ ।

आठ वर्षअघि थापाले एलआईसीमा जीवन बीमा गरेका र उनको गत महिनामा मृत्यु भएपछि थापाकी श्रीमती कौशिलालाई मृत्युदाबीवापत ३ लाख बराबरको चेक प्रदान गरिएको हो ।सो चेक शाखा प्रमुख गिरीराज घिमिरे, एजेन्सी म्यानेजर केदारनाथ अधिकारी र अभिकर्ता रञ्जना भण्डारीले सामूहिक रुपमा हस्तान्तरण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width