अली मियाँ लोकवाङ्मय प्रतिभा पुरस्कार भण्डारीलाई

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७६
20200227_145711

पोखरा ।अली मियाँ लोकवाङ्मय प्रतिभा पुरस्कार पोखराकी साहित्यकार एवं गायिक अम्बिका भण्डारीलाई प्रदान गरिएको छ ।लोककवि अली मियाँको १०२ औं जन्मजयन्ती अवसरमा अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले बिहीबार उनलाई सो पुरस्कार प्रदान गरेको हो ।

प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङ र प्रतिष्ठान अध्यक्ष हनिफ मियाँले उनलाई सो पुरस्कारबाट पुरस्कृत गरेका थिए । पुरस्कार राशि २० हजारसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
करीब डेढ दशकदेखि साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई पुरस्कार प्रदान गरिएको हो ।कार्यक्रममा सांसद गुरुङले साहित्य, कला र संस्कृतिको माध्यमबाट पनि मुलुक विकास गर्न सकिने बताए । गण्डकी प्रदेश प्राकृतिकरुपमा सुन्दर तथा संस्कृति र ज्ञानमा पनि धनी रहेको उनको धारणा थियो ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले निरन्तर साधनामा लाग्ने नै सफल हुने उल्लेख गरे ।प्रतिष्ठान सल्लाहकार डा तारा बरालले लोकवाङ्मय क्षेत्र माथि उठाउन प्रतिष्ठान लागिपरेको बताए । पुरस्कृत व्यक्तित्व भण्डारीले धेरै संघर्ष गर्न बाँकी रहेको भन्दै पुरस्कारले आफूलाई हौसला थपेको बताइन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले साहित्य सृजना गर्ने काम सजिलो नभएको बताए ।

साहित्यकार डा बाबुराम अधिकारीले लोककवि अली मियाँले साहित्यमार्फत् सामाजिक चेतना बढाएको बताए ।सञ्चारकर्मी आरजु विष्ट सल्यानीले लोककवि अली मियाँका लागि मुलुकले धेरै गर्न बाँकी रहेको बताए ।
कार्यक्रममा अली मियाँ लोकवाङ्मय प्रतिष्ठानका सचिव पदमराज ढकाल, प्रतिष्ठान पूर्व सचिव अम्बिकाप्रसाद भट्टराई र लोककविकी छोरी बसिरा मियाँले गीत गाएका थिए ।प्रतिष्ठान कोषाध्यक्ष फणीन्द्र अकिञ्चनले पुरस्कृत स्रष्टाको परिचय दिएका थिए ।प्रतिष्ठान अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रवीन्द्र माकाजुले स्वागत र सचिव पदमराज ढकालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width