सामुदायिकको रक्तदान

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७६

पोखरा ।‘रक्तदान जीवनदान, जीवनदान महादान’ मूलनाराका साथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, माटेपानीले बिहीबार १५ औं रक्तदान कार्यक्रम गरेको छ ।पोखरा १२, शीतलादेवीमा आयोजित कार्यक्रममा १० महिलासहित २७ जनाले रक्तदान गरेका थिए । सामुदायिक माटेपानीले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्की उपसभापति कृष्ण तिमिल्सिनाले पहिलो रक्तदातालाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रममा उनले स्वस्थ्य मानिसले प्रत्येक तिन महिनामा रक्तदान गर्दा शरीरमा कुनै असर नपर्ने बताए ।त्यस अवसरमा पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्की, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बास्तोला, निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य, रक्तसञ्चार केन्द्र पोखराका प्रमुख ध्रुवमणि लामिछाने, पोखरा १२ का वडा सदस्य विष्णु विक, शीतलादेवी टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर गुरुङ, संस्थाका सल्लाहकार बजिरमान श्रेष्ठ, कार्यक्रम संयोजक भुवनप्रकाश आचार्य र आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले बोलेका थिए ।केन्द्रका अध्यक्ष बलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिरादेवी आचार्यले स्वागत र सचिव इन्दिरा पन्त आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width