अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा तिमिल्सिना उपविजेता

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७६
post raj

पोखरा । पोखराको नयाँबजारस्थित बतास ब्रदर्शमा कार्यरत पोष्टराज तिमिल्सिना टीभीएस मोटर्स कम्पनीले आयोजना गरेको ग्लोवल टेक्निसियन स्कील कन्टेष्ट (टपटेक) २०२० मा उपविजेता बन्न सफल भएका छन् ।
नेपालसहित विभिन्न ७ राष्ट्रबाट छनोट प्रतिष्पर्धीबीच भारतमा भएको फाइनलमा उनी उपविजेता बन्दै एक थान एन्ट्रोक स्कुटर पुरस्कार पाएका छन् । सात देशका १ हजार ९ सय ५७ जनाले सहभागिता जनाएको कन्टेष्टको फाइनलमा २३ जना छानिएका थिए ।

टीभीएस मोटर्सले प्राविधिकको क्षमता विकासमा सघाउने उद्देश्यले सो प्रतियोगिता गरेको हो । नेपालमा भएको छनोट चरणको प्रतिपष्र्धामा तिमिल्सिना प्रथम भइ फाइनलका लागि छनोट भएका थिए । चितवन भरतपुर महानगरपालिका–१३, पटियानीका तिमिल्सिना १३ वर्षदेखि बतास ब्रदर्शको सर्भिस सेन्टरमा कार्यरत छन् । संस्थामा कार्यरत प्राविधिक कर्मचारी अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भइ उपविजेता बन्न सफल भएको आफूलाई खुसी लागेको बतास ब्रदर्शका कार्यकारी निर्देशक प्रमेश पराजुलीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width