रवीन्द्र स्मृति दिवस मनाइयो

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७६
ppp000

पोखरा, १५ फागुन । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृति दिवस मनाइएको छ ।रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा रवीन्द्र अधिकरीको वार्षिक पुष्य तिथि पारेर विहीबार पोखरामा विविध कार्यक्रम गरी स्मृति दिवस मनाएको हो । स्मृति दिवस कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौबाट नै भिडियो मार्फत सम्वोधन गरेका थिए ।

स्वर्गीय रवीन्द्र अधिकारी पार्टी र जनताप्रति लोकप्रिय नेताका रुपमा स्थिापित थिए प्रधानमन्त्री ओलीले सम्वोधन गर्दै भने तोप्लेजुङ्बाट फर्कने क्रममा रवीन्द्र ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्छु । लगनशील, अध्ययनशील, सकरात्मक सोच, विकास प्रेमी र विद्धत नेता गुमाउनु पर्दा पार्टीले ठूलो क्षति व्यहोरेको भनाई राख्दै प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेको छोटो समयमा नै उनले आफ्नो मन्त्रालयमा अन्गरगतका कामलाई अथक मेहनतका साथ अगाडि वढाएको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वर्गीय रवीन्द्र अधिकारीमा पार्टीलाई आवश्यक पर्ने गुणहरु रहेको र पार्टीमा विवाद उत्पन्न हुँदा विवाद मिलाउने कार्यमा उनी सक्रिय हुने गरेको बताए । गुटबन्दीमा असाध्यै रमाउने हामी पार्टीको अनुशासन मान्दैनौ त्यस्तो अवस्थामा उनी पार्टीभन्दा माथि उठेर पार्टीलाई एक बनाउन काममा लाग्थ्य मुख्यमन्त्री गुरुङले भने । जनताबाट प्राप्त पाँच वर्षको जनमतलाई उपलब्धिपूर्ण रुपमा रुपान्तरण गर्न जरुरी छ, केन्द्रमा एक÷दुई दिनयता असन्तुष्टिहरु देखा परेको छन्, प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन किन गर्ने पार्टीभित्र प्रधानमन्त्री हुने व्यक्ति एक सय एक छन्, मुख्यमन्त्री गुरुङले भने– जनताको जनमत विरुद्ध जाने छुट कुनै पार्टीलाई छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले रवीन्द्र अधिकराीको मृत्युले सिङ्गो नेकपा र गण्डकी प्रदेशलाई अपुरणीय क्षति पुगेको बताए । रवीन्द्र अधिकारीसँग आफ्नो मित्रता वि.स. २०४५ सालदेखि नै रही आएको र उनीसँगको संगतले् आफूले धेरै कुरा सिक्न पाएको थिए, मन्त्री भट्टराईले भने–पर्यटन मन्त्रालयको काम थालनीगर्दै गर्दा आफूले रवीन्द्रकै जगबाट कामको थालनी गरेको छु । साथै उनले पर्यटन क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई रवीन्द्र अधिकारीको् जन्मदिनमा सम्मान गरिने व्यवस्था मन्त्रालयले गरेको कुरा समेत मन्त्री भट्टराईले सुनाए ।

केन्द्रदेखि स्थानीय तहसम्म नेकपाको सरकार एक छत्र छ,, इतिहासले दिएको यो मौकालाई जनताको भावना अनुसार सही सदुपयोग गर्न जरुरी छ, मन्त्री भट्टराईले भने–आउदो निर्वाचनमा अहिलेको भन्दा पनि राम्रो परिणम ल्याउनु पर्छ । राजधानीमा अहिले पार्टीमा भूकम्प आएको छ, यो भूकम्प पार्टीका शीर्ष नेताहरुबाट नै समाधान हुन्छ, पार्टी फुट्न दुई अध्यक्षले दिदैनन्, पार्टी एकढिक्का बनाउन माधव नेपाल र झलनाथ खानलले पनि भूमिका खेल्ने छन् ।

उक्त अवसरमा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, रवीन्द्र अधिकरी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले स्वर्गीय रवीन्द्र अधिकारीले पार्टीमा पु¥याएको योगदानको चर्चा गरेका थिए । उक्त अवसरमा विभिन्न विधामा राखिएको निवन्ध प्रतियोगितमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी विहीबार विहान स्वर्गीय रवीन्द्र अधिकारीको पूर्णकदको शालिक अनावरण गरिएको थियो । पोखरा महानगरपालिका–१८ जामुनाबोटमा राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width