कोरोनाको धक्कापछि व्यवसायी छलफलमा

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७६
Tourism

 कोरोना भाइरसका कारण पर्यटक आगमन उलेख्य रुपमा खस्कँदा पर्यटन र उद्योग व्यवसाय क्षेत्रमा परेको असरबारे छलफल गर्न बुधबार पोखरामा आयोजित छलफलका सहभागी । तस्वीर :आदर्श समाज ।

रुपनारायण ढकाल : पोखरा, १४ फागुन । कोरोना भाइरसबाट व्यवसायमा उत्पन्न नकारात्मक प्रभावबाट अल्पकालिन मुक्तिका लागि पर्यटन र अन्य क्षेत्रका व्यवसायी छलफलमा जुटेका छन् ।
विदेशी पर्यटक आगमन उल्लेख्य रुपमा खस्कँदा बैंकको ऋण लिएर पर्यटकीय प्रतिष्ठान संचालन गरिरहेका व्यवसायीहरु ब्याज चुक्ता गर्न समस्यामा परेको र अन्य पर्यटन व्यवसायी समेत यसबाट चर्को मारमा परेको भन्दै उनीहरु छलफलमा जुटेका हुन् ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको संयोजकत्वमा यो छलफल आयोजना गरिएको हो । गएको डिसेम्वर महिनादेखि चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म २७ सय भन्दा बढीको ज्यान जाँदा पर्यटन क्षेत्र मात्र नभई यहाँको अन्य उद्योग व्यवसाय समेत प्रभावित हुन पुगेको सो अवसरमा चर्चा गरियो ।

कोरोनाबाट उत्पन्न नकारात्मक प्रभाव र अन्य समस्यासँग जुध्न व्यवसायिक एकता आबश्यक पर्ने ठानी पोखराको पर्यटन क्षेत्र र उद्योग वाणिज्य क्षेत्रका व्यवसायीलाई एउटै मंचमा जम्मा गरी छलफल अगाडि बढाएको संयोजक भट्टराईले बताए । पोखराको पर्यटन क्षेत्र र उद्योग वाणिज्य क्षेत्र विच विगत देखि नै सौहार्द सम्बन्ध नभएको भन्दै छलफलले त्यस्तो सम्बन्ध कायम गर्न समेत सहज हुने विश्वास उनले व्यक्त गरे ।

सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उद्योग व्यापार क्षेत्र राजनीति क्षेत्र भन्दा माथि भएको भन्दै राजनीतिक दलले यसबारे शोच्ने नगरेको बताए । दलले केही नगरे पनि संघीय सरकार गंभीर हुनुपर्ने भन्दै उनले त्यस्तो नहुँदा उद्योगी व्यवसायीहरु अहिले टुहुरो जस्तो भएको दुःखेसो पोखे । ठूला घर र गाडि हुने तथा विदेश भ्रमण गर्नेलाई सम्पत्ती सुुद्धिकरण विभागले हुलाकमार्फत पत्र पठाएर नियमनको क्रमलाई तिव्रता दिंदा व्यापारमा संकुचन देखा परेको मुल्मीले बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य विन्दुकुमार थापाले २० प्रतिशत भन्दा बढी नाफा लिए व्यापारमा कालोबजारीमा कार्वाही हुने कानून भए पनि बैंकले मनग्य नाफा कमाएर ३५ प्रतिशत सम्म बोनस बाँड्ने गरेको बताए । बैंकले हरेक बर्ष सर्भिस चार्ज लिने गरेको र व्याजदर बढाएर उद्योग व्यवसायीको शोषण गरेको उनले आरोप लगाए । पोखरामा नै यस्तो समस्याका कारण तीन चार जना वेपत्ता भएको र कतिपयले पोखरामा नै आत्महत्या गरेको उदाहरण रहेको दाबी पनि उनले गरे ।

पर्यटन विज्ञ वासु त्रिपाठीले नेपालका व्यवसायीसँग जोखिम भार वहन क्षमता नभएको भन्दै केही समस्या आइलाग्दा व्यवसाय नै अफ्ठ्यारोमा पर्ने गरेको भनाई राखे । पर्यटन क्षेत्रलाई सरकारले राहातका कार्यक्रम ल्याउन जरुरी भएको भनाई उनको थियो । बैंकको चर्को व्याज विरुद्ध र यससम्बन्धी अन्य समस्या अर्थमन्त्री, गभर्नर, अर्थसचिव र ठूला नेतालाई घच्घच्याउन जरुरी भएको सुझाव उनले राखे ।

कार्यक्रमका संयोजक भट्टराईले कोरोना भाइरसका कारण पर्यटक आगमन ठप्पप्रायः हुँदा उत्पादन देखि व्यापार सम्म असर परेको बताए । समस्या समाधानका लागि सबैजना एक भएर अगाडि बढ्नुपर्ने अवस्था आएको भन्दै उनले यस्तो समस्याका विच पनि बैंकले आफ्नो व्याजदर आठ प्रतिशतबाट १८ प्रतिशतसम्म पुर्याएको दाबी गरे । पर्यटनलाई जिवित राख्न बजारिकरणको रणनीति परिवर्तन गर्न जरुरी भएको उनले बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले राजनीति भन्दा माथि उठेर व्यवसायिक एकता कायम गर्न सके कोरोना लगायत अन्य समस्यासँग जुध्न सकिने सुझाव राखे । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले बैंकको चर्को ब्याज र पार्किङका समस्या पनि व्यवसायीले भोग्दै आएको बताए । उद्योग वाणिज्य संघ पुरानो र व्यवसायीको हकहितका लागि काम गर्दै आएको संस्था भएको स्मरण पनि उनले सो अवसरमा गराए ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले भुकम्प भन्दा कोरोना भाइरस खतरनाक देखिएको बताए । यस्तो अवस्थामा आन्तरिक पर्यटक प्रबद्र्धनमा जोड दिन सकिने उनले सुझाव राखे । कर्मचारीलाई घुमाउने योजना अगाडि सार्दै अहिले विश्वासको वातावरण सिर्जना गर्न जरुरी भएको भनाई पनि उनले राखे । कोरोनाकै कारण बर्लिनमा हुने आइटीवी मेला हुने नहुने अनिश्चित भएको भन्दै यो नभएमा विश्वकै पर्यटनमा ठूलो धक्का लाग्ने भनाई पनि उनले राखे । नेपालको करको दर मध्यम बर्गका लागि दक्षिण एशियामा नै सबैभन्दा महंगो भएको दाबी पनि उनले सो अवसरमा गरे ।

कार्यक्रममा नेपाल भ्रमण बर्षका गण्डकी प्रदेश संयोजक अग्नी कँडेल, युवा पर्यटन व्यवसायी सूर्य भुजेल, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपिवहादुर भट्टराई, व्यवसायी मिनराज काफ्ले, अर्का व्यवसायी उदय केसी, दोर्जे लामा, पत्रकार रमेश पौडेल लगायतले भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width