रुपाकोटमा तमु धिं नेपालको घुम्ती बैठक सम्पन्न

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७६
tamu dhi rupa 4

पोखरा । तमु धिं नेपालले विभिन्न गाउँबस्ती, समाजहरुमा मासिक घुम्ती बैठक शुरु गरेको छ। ४८ वटा क्षेत्रीय समाजहरु आवद्ध रहेको तमु धिं नेपालले शान्ति रुपा बराहथोक तमु समाजको व्यवस्थापनमा कास्की जिल्लाको रुपाकोट गाँउपालिका वडा नं.६स्थित रमणीय दृश्यावलोकन स्थल कोट भैरव मन्दिरमा पहिलो घुम्ती बैठक सम्पन्न भएको हो ।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर तमुले एक महिने कार्यक्रम तथा गतिविधिबारे रिपोर्टिङ गरेका थिए । बैठकले तमु धिं नेपालको मुखपत्र तमु सुँ प्रकाशन गर्ने, समाजका गतिविधीहरु समेटेर त्रैमासिक बुलेटीन प्रकाशन शुरु गर्ने, एसइई परीक्षा दिएका तमु विद्यार्थीलाई उच्च शिक्षा अभिमुखीकरण कार्यक्रम गर्ने, तमु सञ्चारकर्मी संघ नेपालको चौंथो महाधिवेशनका लागि सहयोग गर्ने, तमु धिं नेपाल केन्द्रीय आमा समितिलाई सहयोग रकम प्रदान गर्ने, चैत्र महिनाको घुम्ती बैठक काँडेमा गर्ने, रुपाकोट क्षेत्रको पर्यटन प्रवद्धनमा तमु धिं नेपालले पहल गर्ने लगायतका निर्णयहरु गरेको छ।

ऐतिहासिक बैठकले तमु धिं नेपालका सल्लाहकार प्रमुख शिक्षाविद, वरिष्ठ समाजसेवी गणेशबहादुर तमुको यसैवर्ष निधन भएकाले यस वर्षको तमु धिं नेपालको मुखपत्र तमु सुँ स्वर्गीय गुरुङको स्मृति विशेषको रुपमा प्रकाशन गर्ने निर्णय गरेको छ। तमु सुँ प्रकाशनका लागि महासचिव गिरीप्रसाद तमुको संयोजकत्वमा प्रकाशन समिति गठन गर्ने निर्णय गरेको छ। त्यसैगरी एसईई परीक्षा दिएका विद्यार्थीहरुका लागि चैत्र २२ गते शनिवार तमु धिं नेपालमा उच्च शिक्षा अध्ययनका लागि अभिमुखीकरण कार्यक्रम गर्ने, तमु संचारकर्मी संघको फागुन १६ देखि १८ गते सम्म लमजुङको पसगाउँमा हुने चौथो राष्ट्रिय महाधिवेशनलाई सफलताको शुभकामनासहित २५ हजार सहयोग र अतिथिको रुपमा केन्द्रीय सदस्य गोपाल तमुलाई पठाउने तमु धिं नेपालले निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width