सिटी रेवान महोत्सव फागुन २३ बाट

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७६
City REBAN

पोखरा  । सिटी रेवान पोखराको आयोजनामा फागुन २३ देखि २५ सम्म सिमलचौर आलुमाइला चोकदेखि सिर्जनाचोकसम्म आठौं सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल हुने भएको छ । महोत्सव तथा फुड फेष्टिबल अनुमानित ३० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य संस्थाको रहेको महासचिव जीवन दाहालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवमा व्यवसाय रेष्टुरेन्ट प्रयोजनको लागि १६ स्टल र अन्य स्टल प्रयोजनको लागि १० गरी जम्मा २६ स्टल रहने उनले बताए । महोत्सव तथा फुड फेष्टिबलमा प्रवेश टिकट निःशुल्क गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सव सम्पन्न गर्न २० लाख खर्च लाग्ने र २० लाख ५५ हजार आम्दानी हुने अनुमान गरिएको छ । बचत रकम असाहाय बालबालिकाको लागि र पर्यटन प्रवद्र्धनका लागि खर्च गर्ने संस्थाले प्रतिबद्धता जनाएको छ ।
राष्ट्रिय तथा स्थानीयस्तरका लोकदोहोरी कलाकारद्वारा दैनिक प्रस्तुति, पप कन्सर्ट (सुगम संगीत), हास्य कलाकारको दैनिक प्रस्तुति, ढिंडो खाने प्रतियोगिता, कृषि प्रदर्शनी, रत्यौली गीत प्रतियोगिता, भाले छोप्ने प्रतियोगिता महोत्सवका आकर्षण रहने संस्थाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

स्थापनाकालबाट संस्थाले आफ्ना सदस्यको हकहित संरक्षण गर्नुका अलावा सामाजिक तथा पर्यटन क्षेत्रमा क्रियाशील भई समाज सेवा र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याइरहेको जनाएको छ । लोकदोहोरी क्षेत्रको विकास र विस्तारमा टेवा दिई संस्कृतिको जगेर्ना गर्दै समेत सो संस्था आएको छ । पोखरा महानगरपालिकाभित्र छरिएर रहेका होटल रेष्टुरेन्ट, गजल, क्याफेलाई समेत एकीकृत गरी साझा रुपमा अगाडि बढ्दै सामुहिक हित अभिवृद्धि गर्ने उद्देश्य संस्थाको रहेको जनाइएको छ ।सदस्यको हकअधिकार सुनिश्चित गरी एकताबद्ध रुपमा व्यवसायमा लाग्न, सुन्दर नगरी पोखराको प्राकृतिक सौन्दर्यता जोगाई राखी पर्यटन प्रवद्र्धनलाई टेवा दिई आमउपभोक्ताको हितलाई समेत ध्यानमा राखी गुणस्तरीय सेवा र सुविधा पदान गर्ने उद्देश्य पनि संस्थाको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width