बालबालिका सर्वेक्षणबारे अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७६
maxresdefault

पोखरा ।बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा ९ को सहयोगमा वडा ९ भित्रका बालबालिकाहरुको अवस्था सर्वेक्षणसम्बन्धी अभिमुखीकरण तालिम भएको छ ।

वडाका घरधुरी, परिवारसँगै बालबालिकाहरुको अवस्था के–कस्ता रहेका छन् भनेर तथ्याङ्क संकलन गर्नका लागिएको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए । उनले सर्वेक्षणमा संमग्र परिवारको विषयबस्तुलाई समेटिएको भन्दै विशेष प्राथमिकता बालबालिकालाई राखिएको बताए । बालअधिकारको क्षेत्रमा वडाले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको भन्दै १८ वर्ष उमेर समूहसम्मका बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नका लागि यस सर्वेक्षणले सहयोग पु¥याउने लामिछानेको भनाइ थियो ।

टोल विकास संस्था समन्वय समिति अध्यक्ष उत्तम जोशीले बालमैत्री वडा बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । बालबालिकाको अवस्थालाई स्थानिय देखि सम्बन्धित निकायले चासो लिन जरुरी रहेको भन्दै वडा ९ मा बालबालिकाहरुको लागि खेल मैदान र पार्क स्थापना गर्न अतिआवश्यक रहेकोमा उनको जोड थियो ।वडा ९ मा हालसम्म २ वटा टोल विकास संस्था बालमैत्री टोल घोषणा भैसकेका छन् । जसमा संगम मार्ग टोल विकास संस्था र शान्ति दर्शन टोल विकास संस्था रहेका छन् ।

कार्यक्रममा वडा ९ का टोल विकास संस्था, आमा समूहका करिब ५० जना प्रतिनिधिहरुलाई बालबालिकाको अवस्था सर्वेक्षण फारम भर्नका निम्ति बालमैत्री स्थानीय शासन वडा समन्वय समितिका कार्यक्रम संयोजक भावना श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।कार्यक्रममा वडा ९ का सदस्य राममाया मानन्धर, गीता चर्माकार, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मुना बास्तोला, बालमैत्री स्थानीय शासन वडा समन्वय समिति सदस्य वन्दना केसी, वडा ९ भित्र रहेका टोल विकास संस्था, आमा समूहका प्रतिनिधि लगायतको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width