चितुवाको आक्रमणबाट बालक गम्भीर घाइते

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७६
A-leopard-in-Yala-Park-Sri-Lanka

पोखरा, १३ फागुन । स्याङजा जिल्ला भीरकोट नगरपालिका–९ ठूलीभञ्ज्याङ निवासी १२ वर्षीय युनिष गुरुङ चितुवाको आक्रमणबाट घाइते भएका छन् । मंगलवार विहान ६.०० बजे कोठामा सुतिरहेको अवस्थामा चितुवाले एक्कासी आक्रमणगरी घाइते बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उनको घाटी र निधारमा गहीरो चोट छ ।

गुरुङलाई उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । उक्त स्थानमा वन कार्यालयका कर्मचारी र प्रहरीले उक्त चितुवाको खोजी कार्य अगाडि वढाएका छन् । चितुवाको आक्रमणबाट कास्की र तनहुँ जिल्लामा गरी नौ जना बालबालिकाले ज्यान गुमाई सकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width