फेवातालमा बेपत्ता लुइटेल मृत भेटिए

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७६
Colorful boats on Phewa Lake, Pokhara, Nepal, Asia

Colorful boats on Phewa Lake, Pokhara, Nepal, Asia

पोखरा,१३ फागुन । पोखरा फेवातालमा डुबेर बेपत्ता भएका काठमाण्डौ महानगरपालिका–१० कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइटेल मंगलवार दिउसो मृत फेला परेका छन् ।

सोमबार तालमा डुंगा डुब्दा लुइटेल सहित काठमाण्डौ महानगरपालिका– १० कपन निवासी २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारी सहित तालमा डुबेका थिए, सुविन र रुपेशलाई सोमवार दिउसो तत्कालै तालबाट प्रहरीले उद्धार गरेको थियो ।

बेपत्ता लुइटेलको शव मंगलबार २.३० बजे तालमा तैरिएको अवस्थामा प्रहरीले फेला परेको थियो । उनको शव शल्य परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । उनको शव गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको टोलीले तालबाट वाहिर निकालेको थियो । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ । उनीहरुले सोमबार दिउसो डुंगा भाडामा लिएर तालमा पसेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width