कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

पञ्चमुखी महादेव मन्दिरमा पूजा

Avatar आदर्श समाज सम्वाददाता
फागुन १३, २०७६

हेमजा । हेमजास्थित विष्णुपादुका माईस्थान परिसरको पञ्चमुखी महादेव मन्दिरमा महाशिवरात्रिमा विशेष पूजाअर्चना भएको छ ।पण्डित तारानाथ बास्तोलाद्वारा दिउँसो रुद्राभिषेक तथा बेलपत्र अर्पण लगायतका कार्य गराइएको थियो।

त्यस्तै, राति ठाडोबत्ती बाल्ने, धुनी, भजनकीर्तन साथमा प्रसाद वितरण भएको थियो। जसमा पण्डित घनश्याम बास्तोला साथै देवीस्थान आमा समूह अध्यक्ष बुद्घदेवी कुँवरले सहजीकरण गरेका थिए।मनोकांक्षा  पूरा हुने विश्वासमा कुल २७ महिलाले ठाडोबत्ती बालेर जाग्राम बसेका थिए ।त्यस्तै, सन्तान प्राप्तिका लागि केही दम्पत्तिले समेत पूजा गरेका थिए ।शिवरात्रिको अवसर पारी २०६५ सालदेखि मन्दिरमा विशेष पूजा हुँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चूडामणि तिम्सिनाले जानकारी दिए ।

हाम्रो सुझाव