पोखराको फेवातालमा डुबेर एक बेपत्ता, २ को उद्धार

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७६
Colorful boats on Phewa Lake, Pokhara, Nepal, Asia

पोखरा, १२ फागुन । पोखरा–६ फेवातालमा डुंगा डुब्दा एक जना बेपत्ता भएका छन् भने दुई जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । तीनजना सवार डुंगा सोमवार दिउसो १.२० बजे डुबेको हो । डुंगा डुब्दा काठमाण्डौ महानगरपालिका–१० कपन निवासी २७ वर्षीय सुमित भन्ने रामशरण लुईटेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले बताए ।

त्यस्तै डुंगासँगै तालमा डुबेका काठमाण्डौ महानगरपालिका–१० कपन निवासी २७ वर्षीय सुविन चालिसे र सोही ठाँउ निवासी २८ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले सकुशल उद्धार गरेको छ । उनीहरु तालमा डुबेको सूचना प्राप्तसँगै तालकै छेउमा रहेको गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराको रेस्स्क्यू टिम र सीआरभी हल्लनचोक लेकसाइडको टोलीले तालमा डुबेका दुइृ जनाको सकुशल उद्धार गर्न सफल भएको थियो । प्रहरीका अनुसार तालमा बेपत्ता लुईटेलको खोजीकार्य भएरहेको छ । उनीहरुले डुंगा भाडामा लिई तालमा पसेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width