लागु औषध सहित ३ जना पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७६
marijuana

नवलपरासी । नवलपुर प्रहरीले पूर्वी नवलपरासीको कावासोती १६ डण्डा बजार र ३ घरे चोकबाट लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डा बजारबाट कावासोती १७ का २१ वर्षीय सुनिल महतो र २० वर्षीय खेम महतोलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको सातबाट प्रहरीले नाइट्रोभेट १० लेखिएको २ सय ७६ ट्याबलेट र स्पास्पो प्रोक्सिभन पल्स १२ ट्याब्लेट फेला परेको जनाएको छ । त्यसैगरी कावासोती १६ तीनघरे चोकबाट प्रहरीले चितवनको भरतपुर महानगरपालिका ३ बाह्रघरे बस्ने २८ वर्षीय कृष्ण बस्ताकोटीलाई लागुऔषध सहित पक्राउ गरेको छ ।उनको साथबाट प्रहरीले फेनारगन ४३ एम्पुल, डाइजापाम ४३ एम्पुल र नुफिन ४३ एम्पुल बरामद गरेको जनाएको छ । पक्राउ परेको तीनै जनालाई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width