युनाइटेड फाइनान्स २५ औ वर्षमा

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७६
20200223_081912

पोखरा । युनाइटेट फाइनान्सको २५ औं वार्षिकोत्सवको अवसरमा फाइनान्सको पोखरा शाखाले आइतबार रक्तदान र खानेपानीका लागि सहयोग हस्तान्तरण गरेको छ । पोखरा सिमलचौरको जनप्रिय माविलाई फाइनान्सले ९० हजार रुपैयाँ सहयोग गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान तथा शुद्ध पिउने पानीका लागि आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रममा फाइनान्सको तर्फबाट उक्त सहयोग रकम जनप्रिय माविका प्राचार्य बाबुराम पौडेललाई हस्तान्तरण गरिएको छ । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुललाई सहयोग र रक्तदान आयोजना गरेकोमा फाइनान्सलाई धन्यवाद दिए ।

जनप्रिय माविले शुद्ध पिउनेपानीका लागि बनाएको ५ लाख रुपैयाँको योजनामा उक्त रकम सहयोग गरेको फाइनान्सको पोखरा शाखा प्रमुख दीननाथ तिवारीले जानकारी दिए । उनका अनुसार स्कुलले ३ लाख ७५ हजार रुपैयाँको युरोगार्ड मेसिन र खानेपानी टंकीसहितलाई गरी ५ लाखको योजना बनाएको छ । त्यसमा सिद्धार्थ क्लबले यसअघि नै २ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले बैंक तथा वित्तीय संस्थाको सहकार्यमा अघि बढ्ने जानकारी दिए । उनका अनुसार पोखरा न्यूरोडमा सीसीक्यामेरा राख्न महानगरपालिकाले बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दैछ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पहिलो रक्तदाता ईश्वर सिग्देललाई व्लड व्याग हस्तान्तरण गरी सुरुवाद गरिएको फाइनान्सको कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । फाइनान्सका शाखा प्रमुख तिवारीले गण्डकी प्रदेशमा छिटै ४ शाखा खुल्न लागेको जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width