कोरियामा कोरोना संक्रमितको संख्या एकै दिन दोब्बर बढेर ४३३ पुग्यो

एजेन्सी
फागुन ११, २०७६
86aac31b01f3277cb855d98830b52f9b_w1000_h500_cp

काठमाडौं, ११ फागुन । दक्षिण कोरियाले आफ्नो देशमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या दोब्बर भएको जनाएको छ।कोरियाका सहायक स्वास्थ्यमन्त्री किम गाङ लिपका अनुसारले शुक्रबार २२९ जना संक्रमित देखिएकोमा शनिबार त्यो संख्या बढेर ४३३ पुगेको जनाएका छन्। उनले कोरियामा कोरोना भाइरस गम्भीर चरणमा पुगेको जनाएका छन्। हालसम्म कोरियामा कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ। त्यहाँ मृतकको संख्या बढ्नसक्ने भय देखिएको छ।

दक्षिणपूर्वी शहर धेगुको अस्पताल र धार्मिक समूहहरुमा धेरै संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन्। धेगु र अर्को नजिकैको शहर चेङ्गदोमा विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ। शुक्रबार एकै दिन सय जनाभन्दा बढीमा कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्री चुङ से–क्युनले आपतकालीन अवस्था निम्तिएको बताएका थिए। त्यो संख्या शनिबार दोब्बरले बढेको हो।शुक्रबार कोरोनाबाट कोरियामा दोस्रो व्यक्तिको मृत्यु भएको थियो। दक्षिण कोरियाली अधिकारीहरुले कोरियामा कोरोना भेटिएको पहिलो स्थान चेओङ्दो क्षेत्र भएको अनुमान गरेका छन्। जनवरी ३१ देखि फेब्रुअरी २ मा त्यहाँ क्रिश्चियन धार्मिक भक्तजनहरुले एक अन्त्येष्टिमा भाग लिएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width