ओली निवासमा कमिसन सेटिङ -डा भट्टराई

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७६
baburam-1

पोखरा ।समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिसनको सेटिङ हुने गरेको आरोप लगाएका छन् ।उनले ओलीका प्रिय पात्र सञ्चार मन्त्री एवं प्रवक्ता गोकुल बास्कोटाले ओलीकै घरमा बसेर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे ७० करोड कमिसनको डिलिङ गरेको दाबी गरे ।

समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान उद्घाटन तथा जनसंगठन समायोजन कार्यक्रमको शनिबार पर्वतमा उद्घाटन गर्दै डा भट्टराईले सो कुरा बताएका हुन् ।कमिसन सेटिङ अडियो बाहिरिएपछि हाल राजीनामा दिएका बास्कोटा अहिले पनि ओलीकै घरमा बस्छन् भनेको सुनेको उनले दाबी गरे ।सार्वजनिक भएको अडियोबारे ओलीलाई २ महिना अघि नै थाहा भएर पनि चुप लागेर बस्नु कमिसनको खेलमा ओलीको संग्लनता भएको डा भट्टटराईले आशंका व्यक्त गरे । उनले भने, ‘बाँस्कोटा एक्लैले यो आँट गरेका छैनन्, घटनामा ओली चोखो छैनन्, चुकेकै छन्। गहन अनुसन्धान जरुरी छ । भ्रष्टाचार अन्त्य नगरेसम्म सुशासन सम्भव छन ।’

प्रधानमन्त्रीलाई ओलीलाई थाहा हुनुपर्ने हो, आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ भने डा भट्टराईले आरोप लगाए ।ओली आफैँ भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसि रहेर सुशासन र समृद्धि आउँदैन भ्रष्टाचार अन्त्यका लागि समाजवादी आन्दोलन जरुरी रहेको उनको जोड थियो। एनसेल काण्ड, वाइड बडी, यति काण्ड हुँदै अहिले प्रिन्टिङ प्रेसको काण्ड त फुत्त बाहिर आयो नि, पापको घैँटो फुटेको त हामीले देखिरहेका छौं भन्दै आन्दोलनका लागि पार्टीमा संगठित हुन उनको आग्रह थियो। काँग्रेस पनि उस्तै भएकाले प्रमुख प्रतिपक्षी भएनी बोल्न नसक्ने भएकाले आन्दोलनको अगुवाई समाजवादी पार्टीले गर्नुपर्ने भट्टराईले जोड थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width