महायज्ञमा अपेक्षा बढी रकम

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७६
mahayagya

लेखनाथ । पोखरा २९, पट्नेरी पुलचोकमा आयोजित श्रीमद्भागवत् धनधान्याचल महायज्ञ लक्ष्य बढी दान रकम संकलन गर्दै शनिबार समापन भएको छ ।महायज्ञमा लक्ष्यभन्दा बढी १ करोड ५ लाख ७६ हजार दान रकम संकलन भएको छ । जिन्सीतर्फ ७ मुरी धान, ३ मुरी चामल लगायत अन्य सामग्री संकलन भएको हो । आयोजकले १ करोड दान रकम संकलन गर्ने लक्ष्य राखेको थियो ।

अन्तिम दिन शनिबार पोखरा–२९, पुल्चोक निवासी मधुमाया अधिकारीले ५ लाख ३२ हजार ४ सय ८०, राष्ट्रिय परोपकार महासंघ नेपाल केन्द्रीय कार्यसमितिले अक्षयकोषका लागि ५ लाख ५५ हजार ५ सय ५५, पोखरा–२९ पुल्चोक निवासी नारायणराज आचार्यले १ लाख ११ हजार १ सय ११, प्रेरणा नौमती बाजा समूह पोखरा–२६ बूढीबजारले १ लाख ५ रुपैयाँ, पोखरा–३३ पानीटंकी निवासी धर्मराज अधिकारीले ५७ हजार, पट्नेरी निवासी रामप्रसाद सुनारले ५५ हजार ५ सय ५५, पट्नेरीका भक्तबहादुर बिकले ५५ हजार ५ सय ५५, पोखरा–२९ ठूलोखोरका भीमबहादुर सुनारले ५५ हजार ५ सय ५५, शंकरप्रसाद पौडेलले ५५ हजार ५ सय ५५, वडा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले वडातर्फबाट ५० हजार र वडा ३० का अध्यक्ष श्रीराम पोख्रेलले वडातर्फबाट ५० हजार रुपैयाँ दान गरेका छन् ।

विभिन्न आमा समूहले महायज्ञको लागि भान, चामल, आलु, तरकारी, घीउ, तेल, दही लगायत सामग्री समेत दान गरेका छन ।महायज्ञ समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा २९ का अध्यक्ष चेतबहादुर गुरुङ्गले विकासका लागि धार्मिक यज्ञबाट रकम जुटाउने काम प्रशंसनीय रहेको बताउँदा आगमी दिनमा पनि यस क्षेत्रको विकासका लागि वडाले प्राथमिकतामा राखेको बताए ।यस्तै, प्रमुख वाचक पण्डित कमलनयन गौतमले दानीलाई कहिल्यै हानी नहुने बताउँदै महायज्ञलाई सफल बनाउन हरेक क्षेत्रबाट अहोरात्र खटेर लाग्ने सम्पूर्णलाई आभार प्रकट गरेका थिए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय खुदी, ढुंगेपाटनका प्रमुख चित्राङ्गगत बराल, बुद्धिजीवीतर्फबाट चतुर्भुज पौडेल, वेगनासताल धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष धु्रवनाथ अधिकारी, परोपकार महासंघ कास्कीका अध्यक्ष डिल्लीराम लामिछाने लगायतले बोलेका थिए ।महायज्ञ मूल संयोजक गंगा मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट चन्दादाता चित्रबहादुर सुनारले स्वागत र परोपकार महासंघका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथमा महायज्ञ समिति

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ। वि.स. २०६० सालमा महायज्ञ गरेर निर्माण शुरु गरिएको पोखरा ३० को लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने…
  • राधाकृष्णको महायज्ञबाट ४० लाख

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ । पोखरा–३२, श्यामघाट लामेआहाल स्थित राधाकृष्ण मन्दिरको ज्ञान महायज्ञमा ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । मन्दिरको…
  • अस्पताल बचाउन फेरि महायज्ञ

    आदर्श समाज सम्वाददाता फागुन २३, २०७६
    भीमपाणि बराल-लेखनाथ । पोखरा ३०, मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गीण विकासका लागि आगामी बैशाखमा महायज्ञ सञ्चालन गरिने भएको छ…
  • राधाकृष्ण मन्दिरमा महायज्ञ जारी

    आदर्श समाज सम्वाददाता फागुन २२, २०७६
    कविराज खानल-लेखनाथ ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले…
  • राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७६
    लेखनाथ। पोखरा–३२, श्यामघाट लामेआहालमा रहेको राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ…

hero news full width