नर्वदेश्वरको भजनमा समाजसेवा प्रथम

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७६
dhikurpokhari bhajen progrem photo (6)

हेमजा ।शिवरात्रि अवसरमा अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित नर्वदेश्वर शिव पञ्चाङ्ग मन्दिरको आयोजनामा भएको खुला भजन चुड्का प्रतियोगितामा अन्नपूर्ण ३ स्थित समाजसेवा युवा परिवारको समूह प्रथम भएको छ ।उक्त प्रतियोगितामा सगरमाथा आमा समूह अन्नपूर्ण ३ द्वितीय, हेमजास्थित मातृकेश्वर भजन समूह तृतीय र अन्नपूर्ण ३ को नवज्योति आमा समूह सान्त्वना भए । त्यस्तै आवाज आमा समूहकी विन्दु पौडेलको नृत्य उत्कृष्ट बन्न सफल भयो ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ती समूहले क्रमशः १५ हजार, १० हजार, ५ हजार, २ हजार साथमा प्रमाणपत्र पुरस्कार पाए । त्यस्तै सर्वोत्कृष्ट नृत्यलाई मोवाइल सेट प्रदान गरियो।प्रमुख अतिथि गाउँपालिका अध्यक्ष युवराज कुँवरले धर्म संस्कृतिको रक्षामा जोड दिँदै मन्दिरको विकासका लागि गाउँपालिका सहयोग गर्न तयार रहेको स्पष्ट पारे।गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले मन्दिर व्यवस्थापन समितिको कार्यको प्रशंसा गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

सो अवसरमा रेडक्रस जिल्ला उपसभापति दण्डराज शर्मा, वडाध्यक्ष चुडामणि अधिकारी, समाजसेवी मनपति भण्डारी, अद्धैत संस्थाका अध्यक्ष लिलाधर अधिकारी लगायतले पनि भनाइ राखेका थिए ।प्रतियोगितामा माछापुच्छे« मावि पूर्व विद्यार्थी मञ्च अध्यक्ष गायत्री पराजुली, लोकदोहोरी गीत प्रतिष्ठान कास्की जिल्ला अध्यक्ष टेक क्षेत्री तथा कलाकार दुधि सुवेदी निर्णायक थिए । त्यस्तै नर्वदेश्वर पार्क निर्माणअन्तर्गत १ सय ८ वरपीपलका बोट रोप्ने कार्यको पनि शुभारम्भ गरिएको छ।कार्यक्रमबीच कलाकार टेक क्षत्री, दधि सुवेदी र नीशा भण्डारीले प्रस्तुति राखेका थिए ।त्यस्तै विभिन्न सहयोगकर्तालाई सम्मान पनि गरिएको छ ।

मन्दिरको सम्पन्न अधिवेशनले यमप्रसाद भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन पनि गरेको छ । जसको उपाध्यक्षमा युवराज भण्डारी, सचिवमा रमेशराज भण्डारी, सह–सचिवमा गणेश भण्डारी र कोषाध्यक्षमा कृष्णप्रसाद भण्डारी चयन भए ।मन्दिर व्यवस्थापन समिति अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व सह–सचिव नवराज भण्डारीले स्वागत र कार्यक्रम संयोजक एवम् सचिव रमेशराज भण्डारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width