‘विकृति हटाउन सामाजिक संस्थाको भूमिका महत्वपूर्ण’

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७६
namunna tole

पोखरा । गण्डकी प्रदेशसभा उपसभामुख सृजना शर्माले सबैखालका विकृति विसंगति हटाई सम्मृद्धि समाज निर्माण गर्न सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । उनले यसको लागि सरोकारवाला यस कार्यमा जुट्नुपर्नेमा जोड दिइन् ।

पोखरा–१७ स्थित नमूना टोल सुधार संस्थाको अधिवेशन शनिबार उद्घाटन गर्दै उनले सुखी नेपाली समृद्ध नेपालको अभियान साकार बनाउन सबै तहका सरकार लागिरहेको उनले बताइन् ।नेकपा प्रदेश कमिटी सदस्य मना केसीले सुकुम्वासीहरुको चाहना लालपुर्जा रहेको बताउँदै वर्तमान सरकारले साकार बनाउने उल्लेख गरिन् ।

कार्यक्रममा नेपाली काँग्रेस पोखरा १७ का सभापनि देवराज आचार्यले समाजलाई परिपर्वन गर्न टोलवासीको प्रयास रहेको बताउँदै टोललाई नमूना बनाउनु पर्ने बताए । कार्यक्रममा समाजसेवी रुद्र खत्री, सुवास ढुंगाना प्रकाश शर्मा लगायतले शुभकामना राखेका थिए ।कार्यक्रम नमूना टोल विकास संस्थाका अध्यक्ष पुण्यप्रसाद उप्रेतीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width