शान्तिघाट विकास समितिको अध्यक्षमा कार्की

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७६
Shantighat

पोखरा । शान्तिघाट विकास समितिको १५ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले ३ वर्षका लागि शिवबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।समिति उपाध्यक्ष जनकलाल श्रेष्ठ, सचिव उत्तम जोशी, कोषाध्यक्ष विष्णुप्रसाद बराल छन् । सदस्यमा दुर्गाप्रसाद कोइराला, गणेशबहादुर केसी, विष्णुबहादुर भट्टराई, पावित्रा गिरी, दुर्गा अधिकारी, इमेन्द्र बुढाथोकी र सूर्यबहादुर कार्की क्षेत्री छन् ।

समितिको मूल कार्यसमिति संयोजकमा पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने छन् । विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित सल्लाहकार समिति सदस्यमा पिताम्बर नेपाली, युवराज श्रेष्ठ, ईश्वरीप्रसाद सुवेदी, हेरम्बप्रसाद कोइराला, डा दिलबहादुर क्षत्री, भीमबहादुर पौड्याल, नारायणप्राद सुवेदी र दिलमाया गुरुङ छन् । त्यस अवसरमा समितिलाई सहयोग गर्नेलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पिताम्बर नेपाली, विष्णुबहादुर भट्टराई, पवित्रा गिरी, नारायण सुवेदी, दिलमाया गुरुङ, रामजीप्रसाद कोइराला, डमेन्द्र बुढाथोकी, विजयालक्ष्मी आचार्य छन् । उनीहरुलाई दोसल्लासहित कदरपत्र प्रदान गरिएको थियो ।

यसअघि साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शान्तिघाटको विकासका लागि महानगरपालिका सदैव तत्पर रहेको बताए । उनले समितिले प्रकृतिमैत्री शवदाह गृह निर्माण गरी पोखरालाई गुन लगाएको उल्लेख गरे । कार्यक्रममा विन्ध्यवासिनी धार्मिक विकास समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ, ब्रम्हकुमारी विश्वविद्यालय नेपाल निर्देशक परिणीता, सनातन हिन्दू धर्म सेवा समिति कास्की अध्यक्ष रवीन्द्र माकाजु, समाजसेवी लिलाभक्त आचार्यलगायतले बोलेका थिए । साधारणसभाले अध्यक्ष भक्तराज श्रेष्ठ, सचिव उत्तम जोशी र विष्णुप्रसाद बरालको प्रतिवेदन पारित गरेको छ । समिति अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव उत्तम जोशीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width